स्थानीय तहको संख्या बढाउनेबारे मन्त्री गच्छदारसँग गठबन्धनको छलफल हुँदै

काठमाडौं, ५ जेष्ठ । आगामी रणनीति तय गर्न महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धनको बैठक आज बस्दैछ । स्थानीय तहको संख्या बढाउनेबारे आज दिउँसो १ बजे संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा गठबन्धनको बैठक बस्दैछ ।

स्थानीय तहको संख्या बढाउने जिम्मेवारी पाएका उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारसँग गठबन्धनका नेताहरुले छलफल गर्नेछन् ।

मन्त्री गच्छदारको छलफलपश्चात् गठबन्धनको बैठक राजपा नेपालको कार्यालयमा बस्ने गठबन्धनका नेता केशव झाले बताए । झाका अनुसार मन्त्रिपरिषद्ले बिहीबार गरेको निर्णयहरूबारे संघीय गठबन्धनले आफ्नो धारणा प्रष्ट्याउन बैठक बस्न लागेको छ ।

बिहीबारको मन्त्रिपरिषद्ले आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा फिर्ता लिने, शहीद घोषणा लगायतका निर्णयहरू सकारात्मक रहेको उनले बताए । सीमांकनको मुद्दालाई थाँती राख्दै तराई–मधेशमा जनसंख्याको आधारमा स्थानीय तहको संख्या बढाउनुपर्ने माग गठबन्धन अघि सारेको हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com