मधेश आन्दोलन, राजनीतिक आन्दोलन : सरकार

काठमाडौं, ५ जेष्ठ । सरकारले थरूहट तराई÷मधेश आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्दै आन्दोलनमा सहभागीलाई लगाइको मुद्दा फिर्ता गर्नका लागि गृह मन्त्रालयको परामर्शमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गर्ने समेत निर्णय गरेको छ ।

मधेश आन्दोलनलाई राजनीतिक आन्दोलनको रूपमा स्वीकार गर्ने भन्ने कुरा वास्तवमा के हो प्रष्ट छैन । सरकारले भन्न खोजेको राजनीतिक आन्दोलन कस्तो खालको हो ? अहिलेसम्म सरकारले मधेश आन्दोलनलाई कुन रूप लिएको थियो ? मन्त्रिपरिषद्ले गरेको यो निर्णयबाट प्रष्ट हुन्छ कि संविधान संशोधन बिनै मधेशमा स्थानीय तहको निर्वाचन गराउन खोज्दैछ । बैठकका निर्णयबारे जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बिहीबारदेखि व्यवस्थापिका–संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बताएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com