माओवादी केन्द्रको चुनाव प्रचार कार्यालय उद्घाटन

मो इमरान खान, भैरहवा, ५ जेष्ठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ने.क.पा. (माओवादी केन्द्र) सिद्धार्थनगर वडा नम्बर १३ को चुनावी प्रचार प्रसार सम्पर्क कार्यालयको उदघाटन गरिएको छ ।

स्थानीय तह सम्बन्धि वडा नम्बर १३ को प्रचार प्रसार गर्न कार्यालय उद्घाटन गरिएको माओवादी केन्द्र सिद्धार्थनगरका अध्यक्ष चोपलाल आचार्यले जानकारी दिए । भैरहवाको श्रद्धा पथमा कार्यालयको उद्घाटन गरिएको छ ।

कार्यालयको उदघाटन कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज हकिकुल्ला खाँ, जिल्ला सह–संयोजक अनुप बराल, गुणाखर भुषाल लगायतले बोल्दै शिक्षा, स्वास्थ्य, रोजगार जस्ता जनतासँग प्रत्यक्ष जोडिएका सवाललाई माओवादी केन्द्रले सधैं प्राथमिकतामा राखेको जिकिर गरे ।

गरिखाने वर्गको उत्थानको लागि पार्टीलाई जिताउन आग्रह समेत गरे । उनीहरुले माओवादीका कारण संविधानमा मधेशी, जनजाति, मुस्लिमलगायतका उत्पीडित समुदायका अधिकारहरु समेटिएको भन्दै त्यसलाई संस्थागत गर्न माओवादी केन्द्रलाई जिताउन आग्रह गरे ।

पार्टी सिद्धार्थनगर–१३ का अध्यक्ष मोहनलाल गुरुङको अध्यक्षता, कञ्चन कुवंरको स्वागत मन्तव्य तथा सिद्धार्थनगर समिति सदस्य जोसन गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com