कांग्रेसका केन्द्रीय सदस्य कण्डेलको गाडी दुर्घटनाग्रस्त

रबिन्द्र यादव, परासी, ५ जेष्ठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलको गाडी दुर्घटनाग्रस्त भएको छ । उनले प्रयोग गर्ने बा १५ च ८१८५ नम्बरको स्कर्पीयो गाडि सडकबाट अनियन्त्रित भई छेउमा रहेको केही रुख र बांसको कोठीमा ठोक्किदा शुक्रबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी गाडि चालक अलाउद्दिन अन्सारी घाइते भएका छन् भने गाडीको अगाडिको भाउजीङ्ग भाग पूर्ण रुपमा ध्वस्त भएको छ । उनको निवास महेशपुरवाट आफ्नै पेट्रोल पम्प सरावल ४ मंगलापुर ईन्धन लिन जाने क्रममा दुर्घटना भएको नेता कण्डेलले फोन मार्फत जानकारी गराए ।

यद्धपी नेता कण्डेलले भने उक्त समयमा गाडिमा सवार नरहेको बताए । हाल भुतहां परासी सडक खण्ड निर्माणाधिन रहेको छ भने अहिले सो बाटोमा साना ग्रेभेल ओछ्याईएको छ । साना ग्रभेलका कारण गाडि अनियन्त्रित भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

दुर्घटनामा परी ३५ वर्षीय चालक अंसारी सामान्य घाइते भई सदरमुकाम परासीमा उपचाररत रहेका छन् । दुर्घटनास्थल उनको निवाश महेशपुरबाट करीब २ किलोमिटर उत्तरमा रहेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com