काठमाडौंबाट जनकपुर जाँदै गरेको बस दुर्घटनाग्रस्त, ३ को मृत्यु

जनकपुरधाम, ६ जेष्ठ । काठमाडौंबाट जनकपुर जाँदै गरेको एक रात्री बस दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । काठमाडौंबाट जनकपुरका लागि छुटेका बा.७ख. १६४१ नम्बरको इंद्रेनी यातायात पथलैया आस पासमा दुर्घटना भएको थियो ।

पथलैया हेटौंडा सडकखण्डमा शनिबार बिहान बस दुर्घटना हुँदा रतौली–१ निवासी बलाला यादव, तारापट्टी सिरशियाकी गर्भवत महिला किरण साह र एक जना पहिचान खुल्न बाँकी रहेको मृत्यु भएको छ ।

घाइतेहरुलाई उपचारका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल भर्ना गरिएको छ । तीव्र गतिमा आइरहेको ट्रकबाट बचाउने क्रममा बस सडकबाट तल खसेको एक प्रत्यक्षदर्शीले बताएका छन् । (फोटो : घनश्याम मिश्रको फेसबुकबाट साभार)


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com