कोठा बाहिर छाप लगाएर मधेशी एकता देखाउनुपर्छ : डा.सीके राउत

संयोजक, स्वतन्त्र मधेश गठबन्धन

० तपाईं हिरासतमुक्त भएपछि केमा व्यस्त हुनुहुन्छ ?
— हामीले माघ ५ गते लहानमा सभा गरेका थियौं । त्यो सभा भव्य रूपमा सफल भएको थियो । त्यसकै परिणामस्वरूप शासक वर्गहरू डराएर माघ २० जनकपुरस्थित डेराबाट लहान पु¥याइयो । मलाई लहानमा हिरासतमा राखेर राज्यविरूद्धको सांगठनिक अपराधको मुद्दा लगाइयो । त्यहाँ अदालतले सफाई दिइसकेपछि रूपन्देही लेगेर पनि मुद्दा चलाइयो । त्यहाँबाट पनि सफाई दिइसकेपछि फेरि रौतहटमा ल्याएर राज्यले दुःख दिने काम ग¥यो । त्यस्तै प्रकृतिका मुद्दाहरू काठमाडौंस्थित विशेष अदालतमा पनि चलिरहेका छन् । त्यसकै तारिखका लागि म काठमाडौं आएको हुँ ।


० स्थानीय तहको दोश्रो चरणको चुनावको मिति नजिकिँदैछ । यो निर्वाचनलाई तपाईंले कुन रूपमा लिनुभएको छ ?
— यसमा मधेशी जनताका साथै शुभचिन्तकलगायत सबैले विचार गर्नुपर्छ । उनीहरूले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ । संविधान जारी हुनुअघि देखि नै मधेश आन्दोलनरत छ । मधेशमा ६० जनाभन्दा बढी मानिसले शहादत दिएका छन् । जुन माग राखेर आन्दोलन थालिएको थियो, त्यसमध्ये कुनै पनि माग पूरा भएको छैन । मधेश प्रदेश, समानुपातिक समावेशी, नागरिकता, भाषालगायत कुनै पनि मुख्य माग पूरा हुन सकेको छैन । तर, पनि ६० जनाभन्दा बढी मधेशीको बलिदानी दिलाउने कालो संविधानलाई वैधता दिने षड्यन्त्रका रूपमा मधेशमा चुनाव गराउन खोजिँदैछ । स्थानीय तहको चुनावको शिकार केही पार्टीहरू पनि भइसकेका छन् । जनताको बलिदानीलाई बेवास्ता गर्दै केही पार्टी सत्ता र भत्ताको लोभमा चुनाव जान लागेका छन् । निर्वाचनमा भाग लिने र सत्ताभत्ता खाने प्रबृति देखिन्छ । त्यसैले मधेशी जनता सचेत हुनु आवश्यक छ । त्यसकारण यो निर्वाचनलाई कुनै पनि हालतमा वैधता दिने काम गर्नु हुँदैन । त्यसैले यो चुनावको प्रतिवाद गर्न हामी तयार छौं । सरकारले संविधानलाई वैधता प्रदान गर्ने षड्यन्त्र स्वरूप स्थानीय चुनाव गराउँदैछ । त्यसैले हामीले त्यही प्लेटफर्मलाई प्रयोग गरेर जवाफ दिने तयारी गरेका छौं । जसको फलस्वरूप हामीले ‘कोठा बाहिर छाप’ लगाउने अभियान चलाएका छौं । हामीले यो चुनावलाई बहिष्कार गर्दैछौं । तर, हामीले हिंसात्मक वा घरभित्र बसेर चुनाव बहिष्कार गर्न भनेका छैनौं । हामीले सक्रिय र शान्तिपूर्ण बहिष्कार गर्छौं । मतदान केन्द्रमा जाने र कोठा बाहिर छाप लगाउने अभियान चलाएका छौं । मतपत्रको एक कुनामा छाप लगाउन आह्वान गरेका छौं । हामीले यहाँ निर्वाचन बहिष्कार गरिएको भन्ने कुरा शासकलाई मतपत्रकै माध्यमबाट देखाउन खोजेका हौं । हामीले यसलाई कडा बहिष्कार र प्रतिवादका रूपमा अगाडि सार्दै छौं । त्यसैले मधेशका माग पूरा नभएसम्म कुनै पनि निर्वाचन मान्य छैन ।


० यो अभियानले मधेशी जनतालाई के उपलब्धि हासिल हुन्छ ?
— चुनाव मधेशी जनताले स्वीकार नगरेको कुरा राष्ट्रियका साथै अन्तर्राष्ट्रिय समुदायले थाहा पाउने छन् । यो एक किसिमको औपचारिक आन्दोलन हो । यो सशक्त आन्दोलन हो । यो पैसा दिएर भीड जम्मा पार्ने आन्दोलन पनि होइन । यो अभियानअन्तर्गत सबै जना निस्वार्थ भावले तबदर गर्न जानेछन् । यसले गर्दा शासक वर्गलाई पनि मधेशी जनताका माग सम्बोधन गर्न दबाब पुग्नेछ । यसका साथै मधेशी जनताले अहिले पनि संविधान स्वीकार गरेका छैनन् भन्ने कुरा अन्तर्राष्ट्रिय समुदायले थाहा पाउँछन् ।


० मतपत्रको कोठा बाहिर मतदानबाट तपाईंहरूले के पाउनु हुन्छ ?
— कोठा बाहिरको मत गणनापछि चुनाव बहिष्कार गर्ने जनताको प्रतिशत आउँछ । शासकहरूले ९० प्रतिशत जनताले बनाएको संविधान भनिरहेका छन् । तर, हामीले मतपत्रको बाहिर छाप लगाएर मधेशी जनताले बहुमतमा यो कुरालाई अस्वीकार गरेको प्रमाणित गर्ने छौ । मानौं हामीले ५१ प्रतिशत तबदर ग¥यौं भने निर्वाचन नै फेल हुन्छ । उनीहरूले भयपूर्ण वातावरण बनाएर निर्वाचन गराउन खोज्दैछन् । तर, हामी शान्तिपूर्ण तरिकाबाट जवाफ दिने छौं । ५१ प्रतिशत जनताको तबदर भयो भने अन्तर्राष्ट्रिय समुदायले बहुसंख्यक जनता के चाहन्छन् भन्ने कुरा थाहा पाउँछन् ।


० मधेशी जनताले मतपत्रको कोठा बाहिर मतदान ग¥यो भने त्यसपछिको अवस्था कस्तो हुनेछ ?
— नेपालको कालो संविधानले वैधता गुमाउनेछ । यस्तो अवस्थामा शासक वर्गले मधेशी जनतालाई अधिकार सम्पन्न बनाउने छ । होइन भने यो कुरा जनमत संग्रहका रूपमा जानेछ ।


० तपाईंहरूले भनेकै आधारमा जनताले मतपत्रको कोठा बाहिर किन छाप लगाउने ?
— किन भने मधेशी जनताका कुनै माग पूरा भएको छैन । करिब दुई वर्षदेखि मधेशी जनता आन्दोलित छन् । उनीहरूले कुनै कसर बाँकी राखेका छैनन् । बलिदानी दिएका छन् । ठूलो नाकाबन्दी पनि मधेशीहरूले नै झेले । आर्थिक रूपमा त्यही नै क्षति भयो । त्यति ठूलो क्षति ब्यहोर्दा पनि कुन माग पूरा भयो त ? मधेशकेन्द्रित दलले ११ बुँदे माग पूरा गरेका थिए, त्यसमध्ये एउटा पनि माग पूरा भएको छैन । एक मधेश एक प्रदेशको त कुरै छोडौं, मधेशमा दुई प्रदेशको समेत पूरा गरिएन । समानुपातिक समावेशी, सेना प्रहरीमा पनि समानुपातिक समावेशी, भाषा, नागरिकलगायत कुनै पनि सवाल सम्बोधन भएको छैन । यसरी कुनै माग नै पूरा नभएको अवस्थामा कसरी कुनै पार्टीलाई मत दिने त ? अर्को कुरा मधेशमा दर्जनौं चुनाव चिह्न दिएर मधेशीको जनमतलाई टुक्राउने कोशिस गरिएको छ । छिन्न–भिन्न पारेर मधेशी जनतालाई कमजोर पार्ने काम भएको छ । यस्तो अवस्थामा कम मत आउँदा शासक वर्गले ‘तपाईंहरूसँग त जनमत नै छैन, कसरी माग पूरा गर्ने’ भन्छ । त्यसैले पहिला जनमत देखाउनुपर्छ । अहिले मधेशी एकता देखाउने समय हो । मतपत्रको बाहिर छाप लगाए पछि मधेशी एकता देखिनेछ । कति प्रतिशत जनताले कोठा बाहिर छाप लगाए भन्ने प्रतिशतले मधेशी जनमत कत्ति रहेछ भन्ने कुरा देखिन्छ ।


० भनेपछि मधेशकेन्द्रित दलले मधेशीको अधिकार दिलाउन सक्दैनन् ?
— त्यो त सबैले देखिसकेका छन् । त्यत्रो दिनसम्म आन्दोलन चल्यो, त्यतिका त्याग र बलिदान मधेशी जनताले गरे । तर, सानो भन्दा सानो कुरा पनि मधेशकेन्द्रित दलले पूरा गराउन सकेका छैनन् । शासक वर्गले एउटा चुनाव चिह्न दिनसमेत राजी भएको छैन । उसले ठाडै शब्दमा भन्छ कि तपाईंहरू एउटा रौं पनि दिन्नौं । यो हामी डेढ वर्षदेखि देखिरहेका छौं । सयौं पटक वार्ता भयो । नेताहरू बिस्कुट खान जान्छन् । अझ् बिस्कुटभन्दा बढी त गाली खाएर फर्किन्छन् । मधेशीलाई केही नदिने शासक वर्गलाई यहाँ निर्वाचन गराउने अधिकार पनि छैन । त्यसैले शान्तिपूर्ण रूपमा चुनाव बहिष्कार गर्ने तरिका भनेकै राइट टु रिजेक्ट हो । मतपत्रको कोठा बाहिर छाप पनि एउटा राइट टु रिजेक्टकै माध्यम हो ।


० मधेशीहरूका कुन माग पूरा भए, निर्वाचनमा भाग लिने अवस्था आउन सक्छ ?
— विगतका ८ बुँदे, २२ बुँदे, ११ बुँदे लगायत माग पूरा भयो त ? मधेश आन्दोलनले एक मधेश एक प्रदेशको नारा लगाएको थियो । मधेश एक प्रदेशका लागि त्यतिको संख्यामा बलिदानी भयो । त्यो माग पूरा हुनुप¥यो । समानुपातिक समावेशी, प्रदेशलाई आत्मनिर्णयको अधिकार दिनुप¥यो । यो मैले आफ्नो कुरा भनेको होइन, आन्दोलनरत दलहरूले राखेका माग पूरा भएको छैन । त्यसैले विगतका सहमति पूरा भएपछि मात्र निर्वाचनमा भाग लिने कुरा आउन सक्छ । मधेशकेन्द्रित दलले अहिले पनि भन्दैछन्, संविधान संशोधन भएपछि चुनावमा भाग लिने । अब संशोधन नै भएको छैन भने तपाईंहरू कसरी चुनावमा भाग लिने ? यो मधेशी जनताप्रति पूर्ण रूपमा धोका हो । कमसे कम अहिलेको ११ बुँदै त पूरा गराउनु प¥यो । अनि मात्र मधेशकेन्द्रित दलले चुनावमा भाग लिनुपर्छ ।


० तपाईं हिरासत हुँदा अमानवीय व्यवहार भयो भनेर खबरहरू आउथ्यो । कस्तो किसिमको अमानवीय व्यवहार भयो ?
— एउटा सामान्य उदाहरण दिन्छु । मधेशी राष्ट्रपति बन्दा उहाँको इज्जत कस्तो थियो, भन्ने कुरा हामीले देखैकै र भोगेकै हौं । साधारण पार्टीका नेताले पनि उहाँलाई गाली गर्थे । यही ट्राफिक जाम हुँदा आफ्नै नागरिकले राष्ट्रपतिलाई लज्जास्पद गाली गर्थे । अब मधेशी राष्ट्रपति जस्तो व्यक्तिको हालत यो देशमा यस्तो छ भने हिरासत पुगका मधेशीको हालत कस्तो होला । हामी सहजै अनुमान लगाउन सक्छौं । स्पष्ट रूपमा यहाँ निरंकुश शासक वर्गको सत्ता छ । उनीहरूले मधेशीलाई मानवमा गनेका छैनन् । मधेशीलाई उनीहरूले कहिले आँप झरेको भन्छन्, त कहिले माखे साङ्लो भन्छन्, कहिले मनु मखु (मान्छे होइन) भन्छन् । यहाँ मधेशीको मानवअधिकार कुरा हुँदैन । यस्तो परिस्थितिमा हिरासतमा यातना दिइनु स्वभाविक हो । कतिपय ठाउँमा लागूऔषधलगायत मुद्दामा हिरासत रहेका कैदीहरूबाट समेत कुटपिट गर्न लगाइन्छ । त्यसैले मावनअधिकारकर्मीलाई आवाज उठाउन अपिल गर्छौं ।


० अन्त्यमा के भन्न चाहनुहुन्छ ?
— म मधेशी जनतासमक्ष आह्वान गर्न चाहन्छु । तपाईंहरू वितग ६०–७० वर्षदेखि आन्दोलन गर्दै आउनुभएको छ । नागरिकताका लागि मात्रै भए पनि ७० वर्षअघि पनि संघर्ष भएको थियो । त्यसबेला पनि कुनै न कुनै रूपमा मौखिक तथा लिखित सहमतिहरू भएका थिए । अहिले पनि त्यही हुँदै आएको छ । मधेशीले माग पूरा गराउन कुनै कसर बाँकी राखेका छैनन् । बालिदानी पनि दिएका छन् । तर, नेताहरूले शासक वर्गसँग सम्झौता गर्छन् र धोका खान्छन् । यस्तो बारम्बार हुँदै आएको छ । त्यसकारण यसपाली धोका नखाऊ । मधेशी जनताको धेरै बलिदानी भएको छ । नेताहरूलाई सत्तामा पु¥याउने भ¥याङ नबनोस्, बदिलानी ।

 


प्रकाशित मिति :  २०७४ साल जेष्ठ १९ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com