सवारी दुर्घटनामा विद्यार्थीको मृत्यु

सर्लाही, ५ असार । बाग्मती नगरपालिका–१ स्थित पूर्व–पश्चिम लोकमार्गमा ज.८ प ६४२७ नम्बरको मोटरसाइकलले हरिवन नगरपालिका–९ बस्ने २० वर्षीय यमध्वजले चलाएको साइकललाई सोमबार ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकल चालक सोही नगरपालिका–६ बस्ने १७ वर्षीय जयनिल महतोको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय सन्तोषकुमार महतो र साईकल चालक घाइते भएकोले नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ । उनीहरु कक्षा ११ को परीक्षा दिई घर फर्कनेक्रममा दुर्घटना भएको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com