अन्य प्रदेशमा स्वतन्त्ररुपमा मनोनयन दर्ता गर्ने राजपासँग सहमति भएको छ : गृहमन्त्री

चन्द्रकान्त खनाल, रुपन्देही, ५ असार । गृहमन्त्री जनार्दन शर्माले प्रदेश नम्बर दुईको निर्वाचन सारिएपछि राष्ट्रिय जनता पार्टी नेपालसँग अन्य प्रदेशमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गर्ने सहमति भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगको सहमतिकै आधारमा राजपाले निर्वाचनमा मनोनयन दर्ता गराएको गृहमन्त्री शर्माले स्पष्ट पारे ।

स्थानीय तहको निर्वाचनको विषयमा बुटवलमा आयोजित सुरक्षा गोष्ठीमा गृहमन्त्रीले यस्तो दाबी गरेका हुन् । गृहमन्त्री शर्माको उपस्थितिमा रुपन्देही सहित ६ जिल्लाका प्रमुखहरुको बैठक भएको हो ।

बैठकमा गृह सचिव लोक दर्शन रेग्मी, निर्वाचन आयुक्त सुधिरकुमार शाह, पश्चिमाञ्चल क्षेत्रीय प्रशासक बेगेन्द्र शर्मा पौडेल, नेपाली सेनाका रथी बलदेवराज महत, मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीको सहभागिता रहेको थियो ।

बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री शर्माले दोस्रो चरणको निर्वाचनमा जनताले ढुक्कसंग मताधिकार प्रयोग गर्न पाउने बताए । मनोनयनका क्रममा कपिलवस्तुमा भएको घटनालाई सूक्ष्म रुपमा अनुसन्धान गरिएको भन्दै उनले आगामी दिनमा त्यस्ता घटना हुन नदिन सुरक्षा निकाय तयार रहेको बताए ।

सुरक्षा बैठकमा रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी र शसस्त्र प्रहरी प्रमुखको सहभागिता रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com