भारतीय पत्रकारहरुको टोली काठमाडौंमा

काठमाडौं, ५ असार । ‘विश्वनाथबाट पशुपति’ नाम दिएर वाराणसीबाट यात्रामा निस्केको भारतीय पत्रकारहरुको टोली भैरहवाबाट नेपाल नेपाल प्रवेश गरेर लुम्बिनी, मनकामना र पोखरा हुँदै काठमाडौं आइपुगेको छ ।

भारतीय क्रियाशील पत्रकार महासङ्घका अध्यक्ष के विक्रम रोयको नेतृत्वमा नेपाल भ्रमणमा रहेका १२५ सदस्यीय पत्रकार टोलीलाई काठमाडौंमा एक कार्यक्रमका बीच स्वागत गरिएको छ । सो टोलीमा श्रीलंकाका समेत केही पत्रकारहरु रहेका छन् ।

परराष्ट्र मन्त्रालय, नेपाल पत्रकार महासङ्घ, सूचना विभाग र नेपाल पर्यटन बोर्ड लगायतले सोमबार आयोजना गरेको एक कार्यक्रममा भारतीय पत्रकारहरुको टोलीलाई स्वागत गरेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com