चुनावमा भाग लिएर कुनै गल्ती गरेका छैनौं : सुनिता साह

नेतृ, संघीय समाजवादी फोरम, नेपाल

० तपाइँहरू संविधान संशोधन अगावै निर्वाचनमा सहभागी हुनुभयो, त्यसबाट प्राप्त उपलब्धिबाट सन्तुष्ट हुनुहुन्छ ?
— स्थानीयत चुनाव भनेको जनताहरूको अधिकारका कुरा हो । सिंहदरबारको अधिकार र विकास गाउँ–गाउँमा लिएर जानुपर्छ भन्ने मान्यताका साथ हामी निर्वाचनमा सहभागी भएका हौं । हामीले अपेक्षा गरेअनुसार परिणाम प्राप्त गर्न नसके पनि हामी सन्तुष्ट नै छौं ।


० तपाइँहरूले अपेक्षा गरेअनुरूप सफलता प्राप्त गर्न सक्नुभएन भन्ने कुरा स्वीकार गर्नुहुन्छ ?
— हामीले पाएको मत परिणामबाट सन्तुष्ट नै छौं । खासगरी, राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूको कारणले गर्दा हामीलाई अप्ठ्यारो भएको हो । उहाँहरू आफू पनि भाग नलिने र अन्य मधेशी दलहरूलाई भाग लिन नदिने अडानका कारण पनि हामीले चाहेअनुरूप सफलता पाउन सकेनौं ।


० फोरम नेपालले कम सीट पाउनुको दोषी राजपा नेपाल नै हो ?
— राजपा नेपालले आफ्नो मुद्दा राखेर आन्दोलन ग¥यो त्यो ठिक छ, उहाँहरूको आन्दोलन आफ्नो मुद्दाकेन्द्रित नभई फोरम नेपाल र उपेन्द्र यादवविरूद्ध भएको देखियो । राजपाका नेताहरूले हाम्रा अध्यक्ष उपेन्द्र यादवविरूद्ध भ्रम फैलाउने काम मात्र गर्नुभयो । यसकारण फोरम नेपालप्रति भ्रम फैलाएर मतदाताहरूमा विचलन पैदा गरियो ।


० राजपा निर्वाचनमा सहभागी नहुनु त तपाइँहरूकै लागि फाइदा हुनुपर्ने थियो नि ?
— राजपाले चुनावमा जान्नौं भन्यो तर, कुनै कुनै ठाउँमा आफ्ना पार्टीका स्वतन्त्र उम्मेदवारहरू पनि खडा गर्नुभयो । उहाँहरू पटक्कै निर्वाचनमा जान्नौं र भाग नलिएको भए फोरम अवश्य बढी जित्थ्यो । तर, आफ्ना स्वतन्त्र उम्मेदवार पनि खडा ग¥यो र कसरी फोरम नेपाललाई हराउन सकिन्छ भन्ने उहाँहरू रणनीति नै थियो । ठाउँ–ठाउँमा भेला गरेर उपेन्द्र यादवविरूद्ध भाषणबाजी गरियो, उपेन्द्र यादवले मधेशलाई बर्बाद गरिदियो भन्ने खालका आरोपहरूले गर्दा पनि कही न कहीं जनताको मनस्थितिमा प्रभाव परेर हाम्रो मत कम भएको हो ।


० तपाइँहरूको अध्यक्ष उपेन्द्र यादवले बुलेटको जवाफ ब्यालेटले दिन्छौं भन्नुहुन्थ्यो । तपाइँहरूले जवाफ दिन सफल हुनुभयो ?
— हामी बुलेटको जवाफ ब्यालेटले दिन सफल भइ नै हाल्यौं । किनभने हामी चुनावमा भाग लियौं र जितेर पनि देखाइदियौं ।


० तपाइँहरू प्रदेश नं. १, ५ र ७ मा आधिपत्य जमाएको भए बुलेटको जवाफ ब्यालेटले दिएको मानिन्थ्यो नि ? तर, ती प्रदेशहरूमा कांग्रेस र माओवादीले नै आधिपत्य जमाएका छन् ?
— ‘भाई फुटे गवार लुटे’ भन्ने उखानजस्तै कांग्रेस र एमालेलाई फाइदा भएको हो । हामी आन्दोलन गर्ने बेलामा सँगै थियो । तर, जनताको अधिकारसँग जोडिएको स्थानीय निर्वाचनका बेला हाम्रा पार्टीका अध्यक्ष उपेन्द्र यादव र पार्टीप्रति जुन आक्षेप लगाइयो त्यसले गर्दा हामीले अपेक्षा गरेअनुसारका परिणाम प्राप्त गर्न सकेनौं ।


० यो संविधान संशोधन होइन, पुनर्लेखन नै गर्नुपर्छ, स्थानीय चुनाव केन्द्रले गराउन सक्दैन लगायतका कुराहरू तपाइँकै पार्टी अध्यक्षले गर्नुहुन्थ्यो नि ?
— हाम्रा यी मागहरू अहिले पनि यथावत नै छ । जनताको घरघरमा अधिकार पु¥याउने मुख्य कुरा हो । त्यसैले स्थानीय चुनावमा भाग लियौं । हाम्रा मागहरू पूरा भएन भने हामी पुनः आन्दोलनमै जान्छौं ।


० तपाइँहरू अहिलेकै स्थानीय तहको संख्यालाई मानेर चुनावमा भाग लिनुभयो । अब तपाइँहरूको माग के हुनेछ ?
— संविधान संशोधनका लागि जुन विधेयक दर्ता भएको छ, त्यो पारित भएन भने हामी आन्दोलनमै जान्छौं । हामी निर्वाचनमा सहभागी भएर कुनै गल्ती गरेका छैनौं । जनसंख्याको आधारमा स्थानीय तहको संख्या कायम हुनुपर्ने भन्ने हाम्रो माग यथावतै छ ।


० अब आन्दोलन किन र केका लागि ?
— संविधानमा रहेका त्रुटिहरू सच्याउनका लागि हामीले बारम्बार भन्दै आएका छौं । हामीले मधेशका मुद्दाहरू छोडेका छैनौं । हामीसँग भएका तीनबुँदे सहमति पूरा गराउनका लागि आन्दोलन गर्छौं । जबसम्म मधेशीसँग विभेद कायम रहन्छ तबसम्म हामी आन्दोलनमै रहन्छौं ।


० तेस्रो चरणको निर्वाचनमा तपाइँहरू के गर्नुहुन्छ ?
— अहिलेसम्म जे जति कमी कमजोरीहरू रह्यो त्यो सबैलाई समीक्षा गरेर सुधार गर्दै जानुपर्छ । तेस्रो चरणको निर्वाचनमा राजाप नेपाललाई पनि सहभागी गराउन सरकारले आवश्यक पहल गर्नुपर्छ । राजपाको दल दर्ता, चुनाव चिन्ह दिने लगायतका कार्यहरू सरकारले गर्नुपर्ने हुन्छ ।


(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २०७४ साल असार २३ गते शुक्रबार । 

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com