प्रधानमन्त्रीलाई बाढीपीडितको आग्रह : राहत होइन, स्थायी समाधान खोज्नुस्

एक विस्थापित परिवार त्रिपालमा । फोटो : आरएन विश्वासको फेसबुकबाट

 

राजविराज, २३ असार । वर्षेनी बाढीबाट पीडित रहँदै आएका सप्तरीका बाढीपीडितहरुले आफूहरु राहतको भोको नरहेको बताउँदै स्थायीरुपमा समाधान खोज्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

सप्तरीमा वर्षेनी बाढीका कारण लाखौं करोडौंको धनजनको क्षति हुने गरेको सरकारी तथ्यांक नै छ । हरेक वर्ष यस क्षेत्रमा वर्षात्को मौसमका यहाँका बासिन्दाहरु त्रासमा हुन्छन् । बाढीले बगाउँदा करोडौंको क्षति हुनुका साथै कतिले ज्यान पनि गुमाएका छन् ।

तर, सरकारले आफ्नो दायित्व पूरा गर्न राहत दिने घोषणा बाहेक दीर्घकालीन र स्थायी समाधान अहिलेसम्म गर्न सकेको छैन । जुनसुकै पार्टीको सरकार भएपनि बाढीपीडितहरुको समस्या जस्ताको तस्तै रहन्छ ।

यो प्राकृतिक प्रकोपबाट जनतालाई सुरक्षित पार्नुपर्ने काम सरकारको हो । मधेशीहरूलाई यो देशको नागरिक नबुझ्ने मनसायले गर्दा यस्तो भइआएको छ । नभए वर्सेनी आउने बाढीको विपद्बारे सरकारको सुनियोजित खाका हुनुपर्ने थियो । मधेशीहरू विस्थापित मात्रै होइन मधेशका खेतीबारी पनि डुबानमा पर्ने गरेको छ ।

मनसुनको सुरूमा भएको बाढी विस्थापनको समस्याबाट पीडित भएकाहरूलाई तत्काल राहत दिएर उनीहरूलाई देशको अनुभूति गराउनुपर्ने छ । तर, राहत मात्रै बाँडेर यो समस्याको उचित समाधान हुँदैन ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com