अन्ततः राजपा नेपाल निर्वाचन आयोगमा दर्ता

काठमाडौं, २३ असार । राष्ट्रिय जनता पार्टी नेपाल दर्ताको विषयमा आन्तरिक विवाद समाधान भई निर्वाचन आयोगमा दर्ता भएको छ । राजपा नेपालको विधानमा नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्र नारायण सिंह र स्व. बाबा रामजनम तिवारीको योगदानबारे विधानमा उल्लेखमा हुनुपर्ने विषयमा विवादका कारण दुई ढिला भएपनि आयोगमा शुक्रबार दर्ता भएको छ ।

स्व. सिंह र स्व. तिवारीको नाम राजपा नेपालको घोषणापत्रमा उल्लेख भएपछि विवाद समाधान भएको राजपाकी नेतृ चन्दा चौधरीले मधेशवाणीलाई जानकारी दिएकी छन् । आयोगमा राजपा नेपालको दर्ता नं. ८३६६ रहेको छ ।

विधानमा मधेशवादका प्रणेता गजेन्द्र नारायण सिंह र बाबा रामजनम तिवारीको नाम राख्ने सम्बन्धमा विवाद उत्पन्न भएको थियो । राजपा नेपालभित्र महेन्द्र राय यादव र अनिल झाबीचको विवादले पार्टी दर्ता प्रक्रिया रोकिएको थियो ।

झाले राजपाको मुख्य आधार मधेश भएकोले मधेशको इतिहास र मधेश राजनीतिलाई विर्सिन नहुने बताउँदै आफुहरु पहिचानको संघर्ष गर्दै आएको तर आफ्नै पहिचान विर्सिने काममा सहमत नहुने अडानमा थिए ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com