सिद्धार्थनगरलाई भ्रष्टाचारमुक्त बनाउने मेयरको निर्णय

चन्द्रकान्त खनाल, रुपन्देही, २६ असार । सिद्धार्थनगर भैरहवामा आइतबार नवनिर्वाचित मेयर उपमेयरले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण लगत्तै बसेको पहिलो बोर्ड बैठकले तीन महत्वपुर्ण निर्णय समेत गरेको छ ।

मेयर हरिप्रसाद अधिकारीको अध्यक्षता, उपमेयर उमा काफ्ले तथा १३ वटै वार्डको वार्ड अध्यक्षहरु, नगरपालिकाका कार्यकारी अधिकृत सहितको सहभागीता रहेको बैठकले शुसान कायम गर्नका निम्ती भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीति अबलम्बन गरि काम गर्ने निर्णय गरेको नगरपालिकाका सूचना अधिकृत देव ज्ञवालीले जनाए ।

बैठकले नगरपालिकाका सेवाग्राहि जनताहरुको गुनासोहरुको सुनुवाइको निम्ती २४ औ घन्टा एउटा हटलाइन फोनसेवा साउन १ गतेबाट सन्चालनमा ल्याउने र वर्षाको समयलाई ध्यानमा राख्दै निम्तन सक्ने डुबान सम्बन्धी समस्या समाधानकालागी हाइअलर्ट रहेने पनि निर्णय गरेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com