बाँके, २६ असार । बाँके जिल्लामा वर्षेनी बाढीबाट हुने क्षति न्यून गर्न पूर्वतयारी थालिएको छ । बाढी तथा डुबानबाट नागरिकको सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाइएको हो ।
मनसुन शुरु भएपछि सम्भावित बाढी तथा डुबानबाट नागरिकलाई पूर्व सूचना दिने पद्धतिलाई पनि सक्रिय बनाइएको छ भने उद्धार तथा राहतका लागि विपद् पूर्वतयारीका सम्पूर्ण कार्यक्रमसमेत सञ्चालनमा ल्याइएको छ ।
मध्यपश्चिमाञ्चलका पहाडी जिल्लासहित बाँकेमा विगत तीन दिनदेखि निरन्तर वर्षा भइरहेकाले राप्ती नदीमा आउन सक्ने बाढी तथा खहरे खोलामा आउन सक्ने भेललाई समेत दृष्टिगत गरी प्रतिकार्य योजना तयार पारिएको जनाइएको छ ।
बाँके जिल्लाको गङ्गापुरमा तयारी खाना (फास्ट फुड) भण्डारण गरी राखिएको छ । बाढीबाट प्रभावित हुने सम्भावित स्थानमा उद्धारकर्मीलाई समेत तयारी अवस्थामा राखिएको छ ।
राप्ती नदीे तटीय क्षेत्रका फत्तेपुर, गङ्गापुर, मटेहिया, बेतहनी, कचनापुर, बैजापुर, बिनौना तथा मानखोलामा आउने बाढीले उढरापुरलगायतका क्षेत्रमा असर पु¥याउने गरेको छ ।