नेपाली उत्पादनहरुले भारतमा सहज प्रवेश पाउनुपर्नेमा राजदूत उपाध्यायको जोड

दिल्ली, २८ असार । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतसँगको व्यापार घाटा नेपालको मुख्य सरोकारको विषय भएको बताएका छन् । दिल्लीस्थित नेपाली दूतावास र भारतको थिङ्क ट्याङ्क इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिसले भारतको आन्ध्र प्रदेशस्थित विसाखापटनममा बुधबार संयुक्त रुपमा गरेको नेपाल–भारत व्यापार, पारवहन र कनेक्टीभिटी विषयक विज्ञहरुको कार्यशालामा उपाध्यायले नेपाली उत्पादनहरुले भारतमा सहज प्रवेश पाउनुपर्नेमा जोड दिए ।

माथिल्लो तहमा मन्त्रालयमा कुरा गर्दा सबै ठीक हुन्छ तर सिमानामा बेला बेलामा समस्याहरु देखिने गरेको उनको भनाइ छ । उपाध्यायले दूरीको हिसाबले कलकत्ता र हल्दिया भन्दा विसखापटनम केही टाढा भए पनि मूल्यको हिसाबले विसखापट्नम वन्दरगाह निकै उपयोगी हुने बताए ।

कार्यक्रममा नेपाल र भारतका विभिन्न विज्ञहरुले दुई देशको व्यापार, पारवहन, कनेक्टीभिटी लगायत विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com