सरकारको निर्णयबाट हुने कार्य पूरा गरे राजपा निर्वाचनमा जान्छ : ठाकुर

वीरगन्ज, ३१ असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलीय संयोजक महन्थ ठाकुरले सरकारको मन्त्रिपरिषद्बाट हुने कार्यहरु पूरा भए आफूहरु तेस्रो चरणको निर्वाचनमा सहभागी हुने बताएका छन् ।

राजपा नेपाल पर्साले बहुदराई गाउँपालिकाको विश्रामपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले यस्तो कुरा बताएका छन् ।

उनले संविधान संशोधन नगरेपनि जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा, घाइतेलाई उपचार खर्च र मुद्दा फिर्ता सरकारले गरे निर्वाचनमा सहभागी हुने वातावरण बन्ने धारणा राखे ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com