बसको ठक्करबाट बालिकाको मृत्यु

रौतहट, ३१ असार । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ५ स्थित पुर्व पश्चिम राजमार्गमा रहेको एक होटल अगाडि ना ५ ख ७९३ नम्बरको यात्रु बसले ठक्कर दीदा एक बालिकाको मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएकी जिल्ला सर्लाही बरहथवा नगर पालिका १४ हरपुर्वा निवासी राजेन्द्र ठाकुरको १० वर्षीय छोरी काजल कुमारी ठाकुरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईतेलाइ प्रहरी अधिकृतको टोलीले उद्धार गरी उपचारको लागी बिरगंज पठाईएकोमा बिरगंज स्थित हेल्थ कियर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले बताएका छन् । बस र बस चालक जिल्ला महोतरी बर्दीबास न.पा.१ बस्ने बर्ष ३४ को अर्जुन कुमार कार्की ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको, अन्य अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com