अवैध लागूऔषध सहित पक्राउ

सुनसरी, ३१ असार । धरान उपमहानगरपालिका–७ बस्ने २४ वर्षीय प्रेम बिकको कोठामा लुकाई छिपाई राखेको अबैध लागूऔषध लुपीजेसिक १५ एम्पुल, डाइजेपाम १५ एम्पुल, एभिल १५ एम्पुल सहित उक्त कोठामा बसेका धरान उपमहानगरपालिका–१५ का २४ वर्षीय कपिल गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । यसैगरी धरान उपमहानगरपालिका–८ तिनकुनेस्थित चेकप्वाईन्टमा जाँच गर्ने क्रममा सोही ठाउँ बस्ने ३५ वर्षीय आकाश राईलाई लुपीजेसिक ११ एम्पुल, डाइजोलोपाम ११ एम्पुल, एभिल ११ एम्पुल सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com