अस्पतालभित्र दारु खाएर थुक्ने कर्मचारी पक्राउ

राकेश यादव, रौतहट, ३१ असार । जिल्ला अस्पताल गौरमा कार्यरत एक कर्मचारीलाई प्रहरीले अस्पताल भित्र रक्सी खाएर जथाभावी ठाउमा थुकेको आरोपमा पक्राउ गरेको छ ।

रंगरोदन भई रहेको अस्पताल भित्रको दिवालमा थुक्नुको साथै कार्यालयको कागजपत्र लिएर भाग्दै गरेको जानकारी पछि जिल्ला प्रहरी कार्यालयवाट गएको प्रहरीको टोलीले कार्यालय सहायक जीवन झालाई पक्राउ गरेको हो । झा करार सेवामा कार्यरत रहेको र अषाढ ३१ गते म्याद समाप्त भई सकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नवलकिशोर झा ले जानकारी दिएका छन् ।

पक्राउ परेका झा को सम्वन्धमा छानवीन भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारीले बताएका छन । जिल्ला अस्पतालको भवन वर्तमान अवस्थामा रंग रोदन गर्ने कार्य भईरहेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com