भोजपुरी कला र संस्कृतिको विकासका लागि फोरम नेपाल प्रतिबद्ध छ : अध्यक्ष यादव

वीरगंज, १ साउन । मधेशका ख्याती प्राप्त कालाकारद्वारा शनिबार भुतवा तोहार बाबा भन्ने एल्बमको विमोचन संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले गरेका छन् । सो कार्यक्रममा बेल्दै अध्यक्ष यादवले भोजपुरी काला र संस्कृति आफैमा समृद्ध रहेको बताए ।

उनले कला र संस्कृति समाजको गाहना भएको हुनाले यस क्षेत्रमा लागेका कलाकर्मीहरूलाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा संरक्षण प्रदान गर्नुपर्ने धारणा राखे । नेता यादवले यसमा फोरम नेपालको अग्रणी भूमिका रहने प्रतिबद्धता जनाए ।

सो कार्यक्रममा भोजपुरी गायक सुनिल पण्डितको स्वरमा रहेको गिती एल्बमको भिडियोमा कलाकार अनिल गुप्ता, सलोनी विष्ट र राजु ठाकुरले अभिनय गरेकाछन् । अनिल गुप्ताको अध्यक्षतामा विमोचन कार्यक्रममा शिवजी विश्वकर्मा, रामेश्वर प्रसाद कलवार, मदन गुप्ता, अखिलेश साह, असलम आलम लगायतको पनि उपस्थिति रहेको थियो ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com