पहाडी जिल्ला गुल्मीमा पनि मेसिनद्वारा धान रोपाइ सुरु

चन्द्रकान्त खनाल, रुपन्देही, १ साउन । पहाडी जिल्ला गुल्मीमा पहिलो पटक आधुनिक प्रविधिको मेशिनबाट धान रोपाई सुरु भएको छ । धुर्कोट गाउँपालिकामा जिल्लामै पहिलो पटक मेशिनबाट धान रोपाई सुरु गरिएको हो ।

राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको सहयोग र जनविकास केन्द्र गुल्मीद्धारा संचालित जलवायु परिवर्तन मैत्रि कृषि प्रविधि तथा जन उत्थान प्रर्वधन कार्यक्रमले सो गाउँपालिकामा धान रोप्ने मेशिन प्रदान गरेको थियो ।

उक्त मेशिन आफु सहितको विजयी टिमले गरेको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए । आधुनिक मेसिनद्धारा धान रोपिएको हो ।धुर्कोट गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त विजयी प्यानलले चुनाव ताका गरेको प्रतिबद्धता अनुरुप उक्त मेशिन झिकाएर जिल्लामै पहिलो पटक त्यस गाउँपालिकामा मेशिनले खेत रोपाई सुरु गरिएको हो ।

बढ्दो जलवायु परिवर्तन अनुकुल धान खेती किसानहरुको आम्दानीमा बृद्धि गर्नको लािग आधुनिक मेसिन धुर्कोट गाउँपालिकामा ल्याउने पहल गरिएको अध्यक्ष पोखरेलले बताए । मेसिनको धुर्कोट सो गाउँगाउँपालिकाको वार्ड नम्बर ४ जैसिथोकका वडाध्यक्ष मान बहादुर कुँवरले मेशिनबाट धान रोपाईको उदेघााटन गरेका थिए । जैसिथोक साविकको वार्ड नम्बर ५ निवासी युवा किसान तुल्सीराम कुँवरको खेतमा सो मेसिनको उद्घाटन गरिएको हो ।

कुँवरको करिब डेढ रोपनी खेतमा ६ वटा प्लटहरु निर्माण गरी क्रमश : पहिलो हुँदै क्रमश हंसराज, खुमल ४, खुमल १०, सुख्खा ४, सुख्खा ६ र सुख्खा –३ गरी ६ जातका धान रोपिएको हो । जलवायु परिवर्तन अनुकुल धान खेती गरी गरीब, दलित तथा पिछडिएको समुदायको आर्थिक विकासका सहयोग गर्ने लक्ष्यका साथ आधुनिक कृषि खेती प्रणाली अन्तरगत भित्रिएको बताईएको छ ।

धान रोप्ने आधुनिक मेसिन चिनको युनानबाट ल्याइएको र यसले लाइट प्लान्टिङ गरी १ घण्टामा १ रोपनी जग्गामा धान रोप्न सकिने सो संस्थाका कार्यक्रम संयोजक थानेश्वर भण्डारीले बताए ।

धान रोपाई कार्यक्रममा पूर्व सांसद टंक प्रसाद पोखरेल, जैसिथोकका वडाध्यक्ष मान बहादुर कँवर, जनविकास केन्द्रका कार्यक्रम संयोजक भण्डारी, जैसिथोकका पूर्व गा. वि. स. अध्यक्ष ठाकुर प्रसाद पोखरेल, पाञ्चायन माध्यमिक विद्यालयका कृषि शिक्षा शिक्षक अर्जुन प्रसाद खनाल, जैसिथोक स्वास्थ्य चौकीका तारा खनाल लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको झण्डै ५० लाखको आर्थिक सहयोगमा ३ बर्षसम्म कार्यक्रम संचालन गरिने संस्थाले जनाएको छ । तर धान रोप्ने मेशिनको मुल्य भने करिव सवा एक लाख पर्ने र विस्तारै किशान स्वयमले पनि खरिद गरेर धान रोप्न सकिने भएको छ । अहिले भर्खर भित्रिएको र सिकाउने दक्ष प्राविधिक आई नसकेकोले केहि वेर स्थानिय प्राविधिक मेशिन जडानमा अलमलमा परेका थिए ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com