गम्भीर राजनीतिक संकट ल्याउन सक्ने बाबुराम र उपेन्द्रको चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं, १ साउन । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै मुलुकमा गम्भीर राजनीतिक संकट आउन सक्ने चेतावनी दिएका छन् ।

डा. भट्टराई र यादवले आइतबार संयुक्त विज्ञप्ति जारी गरी देशमा विद्यमान राजनीतिक समस्याहरुको समाधानका लागि पहिलेदेखि नै अल्झिएर थाति रहेको संविधान संशोधनको विषयलाई सम्बन्धित पक्षहरुसँग तत्काल वार्ता गरेर टुंगो लगाउन पहल गरिनु पर्ने सुझाव दिएका छन् ।

सदनमा समेत टेबुल गरिएको संविधान संशोधनको विषयलाई आवश्यक परिमार्जनसहित संशोधन गरी टुंग्याएर मात्रै आगामी निर्वाचनहरुका लागि सहज वातावरण बन्ने अन्यथा, सो विषयले गम्भीर राजनीतिक संकट ल्याउन सक्ने चेतावनी उनीहरुको छ ।

संघीयताको प्रणालीमा राज्य प्रवेश गरिसकेको वर्तमान अवस्थमा फेरी संघीयता व्यवस्थापिका संसदको निर्वाचन पुरानै २४० अनुरुप गर्ने आशयका वार्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै प्रतिकूल प्रभाव पार्ने भट्टराई र यादवको निष्कर्ष छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com