राजदूत सिंहद्वारा क्याम्पस भवनको शिलान्यास

काठमाडौं, १ साउन । नेपालका लागि भारतीय राजदूत भन्जिभसिंह पुरीेले धादिङको गजुरी बजारमा आर्दश बहुमुखि क्याम्पस भवनको शिलान्यास गरेका छन् । भारत सरकारको साना विकास परियोजना अन्तर्गत क्याम्पसको भवन निर्माण हुन लागेको छ ।

भवनको लागत खर्च करिब ४ करोड २ लाख नेपाली रुपैयामा रहेको भारतीय दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । क्याम्पसको भवन निर्माण भएपछि करिब १८ गाउँपालिकाका विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यसैगरी, भारत सरकारकै सहयोगमा धादिङमै छापाभञ्ज्याङ खानेपानी परियोजनाका लागि करिब ३८ करोड ३ लाख नेपाली रुपैयाँको लागतमा सम्पन्न हुन लागेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com