प्रधानमन्त्रीको निर्देशन : काठमाडौंको सडकमा खाल्डो देख्न नपरोस्

काठमाडौं, २ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ उपत्यकाभित्रका सडकको अवस्था तत्काल सुधार गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सडक, खानेपानी, विद्युत्, सडक विस्तार आयोजनालगायत सरोकारवाला निकायका मन्त्री, मुख्यसचिव, सचिव र विभागीय प्रमुखलाई बोलाएर सडकका खाल्डा तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न उनले निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले सरोकारवाला निकायका प्रमुखलाई तत्काल स्थलगत रूपमा खटिएर समस्या समाधान गर्नसमेत निर्देशन दिएका छन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com