राजपाको केन्द्रीय समितिको बैठक साउन १५ भित्र बोलाउन माग

रबिन्द्र प्रताप गुप्ता, भैरहवा, २ साउन । राष्ट्रिय जनता पार्टी नेपालको प्रदेश नम्बर ५ स्तरीय बैठकले केन्द्रीय समितिको बैठक साउन १५ गते भित्र बोलाउन माग गरेको छ । भैरहवामा सम्पन्न बैठकले सो निर्णय गरेको वरिष्ठ उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर ६ का सांसद सर्वेन्द्रनाथ शुक्लले बताए ।

‘बैठकमा दुई वटा निर्णय गरेका छौ, एउटा साउन १५ गते भित्र बैठक बोलाउने र दोस्रोे केन्द्रीय कार्यसमितिको बैठक बोलाई निर्वाचन आयोगमा प्रस्तुत भएको सबै दस्तावेजहरु माथि छलफल गर्ने र पार्र्टीको विधान तथा सञ्चालन लोकतान्त्रिक पद्धति अनुसार गर्ने भन्ने निर्णय भएको छ’, नेता शुक्लले जानकारी दिए ।

शुक्लले भने, ‘बैठकमा अधिकांशको माग केन्द्रीय समितिको बैठक तत्कालै बोलाई अहिले देखिएका भ्रमहरु चिर्न र सञ्चालन लोकतान्त्रिक तरिकाले गर्र्नु पर्छ भन्ने माग रहयो र सोही अनुसारको निर्णय ग¥यौं ।’

आइतबार भैरहवामा बैठक भइरहँदा पार्र्टी फुटेको भनेर आएको समाचार निराधार, कपोकल्पित र कुनै सत्यता नभएको पार्टीका केन्द्रीय सदस्य हजरत अलीले बताए ।

बैठकमा शुक्लसहित नेताहरु सहअध्यक्ष ह«दयेश त्रिपाठी, ओम प्रकाश यादव गुलजारी सहित रुपन्देही नवलपरासी, कपिलवस्तु, बाँके, दाङ लगायतका जिल्लाबाट केन्द्रिय स्तरका नेताहरु आएका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com