कपिलवस्तुमा ट्राफिक नियमबारे सचेतना कार्यक्रम

मो. इमरान खान, कपिलवस्तु, २ साउन । कपिलवस्तु नगरपालिका तथा मायादेवी गाउँपालिका पकडीमा ट्राफिक नियमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार जिल्ला ट्राफिक कार्यालय गोरिसिगेंको आयोजनामा नगरबासीहरुकोे सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो । जिल्ला ट्राफिक कार्यालय, गोरिसिगें प्रहरी निरीक्षक अमर बहादुर कार्की को नेतृत्वमा सहायक प्रहरी निरीक्षक राजिव बिष्ट तथा असाई अम्मर थापा को सहयोगमा कपिलवस्तु नगरपालिका तथा मायादेबि गाउपालिका पकडी मा जन समुदायहरुलाई ट्राफिक नियमहरु बारे जानकारी गराएका थिए ।

सवारी दुर्घटना, बालबालिकाहरु आफु पनि बाटो आदिमा हिड्दा ध्यान दिई हिड्ने र यसबारे अरुलाई पनि सचेत गराए दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने प्रहरी निरीक्षक राजिव बिष्ट बताए ।

जिल्ला ट्राफिक कार्यालय गोरिसिगेंको नेतृत्वमा ट्राफिक सचेतना कार्यक्रम मायादेबि गाउपालिका पकडी तथा कपिलवस्तु नगरपालिका तौलिहवा सम्पन्न भएको छ ।

सहायक प्रहरी निरीक्षक राजिव बिष्टका अनुसार कार्यक्रममा बिभिन्न गाडि चालक, मोटरसाईकल चालक लगायत १०० भन्दा बढि जनसमुदायले ट्राफिक का नियम तथा सवारी दुर्घटना न्यूनिकरणबारे जानकारी लिएका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com