बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ, २ साउन । बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ स्थित कोशी राजमार्गमा मे.१ ख.२४६७ नम्बरको बसले को.३० प.११०० नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक रंगेली नगरपालिका–२ बबियाबिर्ता बस्ने ३० बर्षीय सुरेश भट्टराई गम्भीर घाइते भएकोले उपचारका लागि विराट नर्सिङ होम विराटनगर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com