राजपाका सात नेतालाई अनुशासनको कारबाही

श्याम सुन्दर सुतिहार, विराटनगर, २ साउन । राष्ट्रिय जनता पार्टी नेपाल मोरङका अध्यक्षमण्डलीय नेताहरुले ७ जना उच्च पदका नेताहरुलाई अनुशासनको कारबाही गर्न केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।

राजपा नेपाल मोरङले नेपाल पत्रकार महासंघ मोरङको हलमा पत्रकार सम्मेलन गरी राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राधे कामतले यस्तो कुरा बताएका छन् । पार्र्टीको विधान विपरीत, पार्टी हित र संगठनलाई विभाजन गर्ने, पार्टीको छवीलाई नै बिगार्ने काम गरेको हुँदा तथा अध्यक्ष मण्डलका अध्यक्ष गयानन्द मण्डलको चरित्र हत्या हुने गरी संचारमाध्यममा अभिव्यक्ति दिएकोले कारबाही गरेको जानकारी गराए ।

केन्द्रीय उपाध्यक्ष यदुवंश साह, केन्द्रिय महासचिव जगदीश अधिकारी, केन्द्रिय सदस्य दिलीप धाडेवा, चन्द्रं प्रसाद राजबंशी, राजपा मोरंगका पुर्व अध्यक्ष मण्डलका संयोजक मो.कादिर, जिल्लाका नेता सुरेश सिंह मण्डल र जगन्नाथ राजवंशी कारबाहीमा परेका छन् ।

अध्यक्ष मण्डलका संयोजक कामतले विधानमा उल्लेख भए अनुसार चक्रिय प्रणालीका आधारमा संयोजक परिवर्तन भएको वताए । पार्टी भित्र जुन पुर्व संयोजक मो. कादिरले विवाद गरेको हो त्यो वालहट हो, यसले पार्टी र वहांको व्यक्तिगत जीवनमा समेत अघात हुने वताउदै यस्तै व्यवहार राखे मो. कादिर अहिलेसम्मकै असक्षम अध्यक्ष हुने वताए ।

जिल्लावाट अनुशासनको कारवाहीको लागि नाम सहित केन्द्रिय समितिमा पढाएका छौ । केन्द्रवाट जे कारवाही हुन्छ त्यो मान्न जिल्ला कार्यसमिति मोरंग तयार रहेको कामतले वताए ।

राजपाका पुर्व अध्यक्ष मण्डलका संयोजकको २ महिना अवधि अषाढ २७ गते सकिएकोले चक्रिय प्रणाली अनुसार राधेकामतलाई अध्यक्ष मण्डलका चार जना सदस्यले समर्थन गरी असार ३१ गते संयोजक वनाएपछि मोरंगका राजपा पार्टीभित्र विवाद चुलिएको हो । उक्त पत्रकार सम्मेलन प्रेस मञ्चका मोरंग अध्यक्ष मनोज पंडितको अध्यक्षतामा भएको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com