भारतको १४औं राष्ट्रपतिमा रामनाथ कोविन्द निर्वाचित

नयाँदिल्ली । भारतको १४ औं राष्ट्रपतिमा भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द निर्वाचित भएका छन् । बिहीबार भएको मतगणनामा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका राष्ट्रपतिका उम्मेदवार कोविन्दले ६५.३५ प्रतिशत मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी युपीएकी उम्मेदवार मिरा कुमारले ३४.३५ प्रतिशत मत पाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

कोविन्दले ७ लाख २ हजार ४४ मत पाउँदा मिरा कुमारले ३ लाख ६७ हजार ३१४ मत पाएकी छन् । नवनिर्वाचित राष्ट्रपति कोविन्द उत्तर प्रदेशका दलित नेता हुन् । उनी दुई पटक राज्यसभा सदस्य पनि थिए ।

रामनाथ कोविन्दको जन्म १ अक्टोबर १९४५ मा उत्तर प्रदेशको कानपुर देहातमा भएको थियो । उनले कानपुर युनिभर्सिटीबाट बीकम र एलएलबीको पढाई पूरा गरेका छन् । उनी दिल्ली हाई कोर्टमा १९७७ देखि १९७९ सम्म केन्द्र सरकारको वकिल रहेका थिए । १९८० देखि १९९३ सम्म केन्द्र सरकारको स्ट्ण्याडिङ काउन्सिलमा बसेर काम गरे ।

दिल्ली हाई कोर्ट र सुप्रिम कोर्टमा उनले १६ वर्ष वकालत गरे । १९७१ मा दिल्ली बार काउन्सिलमा मनोनित भए । १९९४ मा उनी उत्तर प्रदेशबाट राज्यसभाका लागि सांसद चुनिए । उनी १२ वर्षसम्म राज्यसभा सांसद रहे । सादगी जीवनका कारण पनि चिनिने उनले आफ्नो कानपुरको घर दानमा दिएका थिए ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com