ठाकुरराम क्याम्पसमा विद्यार्थी संगठनको अल्टिमेटम

वीरगन्ज, १६ साउन । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पससँग विभिन्न माग राख्दै क्यम्पस प्रमुख डा. प्रमोद कुशवाहालाई विद्यार्थी नेता निखिल बर्णवालको नेतृत्वमा गएका ३ वटा विद्यार्थी संगठनका अगुवाले आइतबार एउटा ज्ञापनपत्र बुझाउँदै आफ्ना मागहरु पुरा गर्न ४ दिने अल्टिमेटम दिएका छन् ।

ज्ञापनपत्रमा स्नातकोत्तर तहमा अनियमित किसिमले कर्मचारी भर्ना गरिएकोमा सच्याउनु पर्ने, बितेका २ आर्थिक वर्षको आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, इ–लाईबे्ररीको ब्यवस्था गर्न, दोस्रो उच्च शिक्षा परियोजनाको तथ्यांक संकलन गरी नबुझाइएकोमा त्यतातर्फ आवश्यक कदम चाल्न, शैक्षिक ब्यवस्थापन सूचना प्रणली लागु गर्न, नियमित कक्षा संचालन लगायत ९ वटा माग रहेका छन् ।

संघीय समाजवादी विद्यार्थी फोरमका केन्द्रीय सदस्य बर्णवालसंगै, अखिल क्रान्तिकारीका शिवम् साह र अखिलका अजित साहले बिज्ञप्तिमा हस्ताक्षर गरेका छन् । आफुहरुले क्याम्पस तथा विद्यँर्थीहरुको हकहित संग सम्बन्धीत विषयमा ज्ञापनपत्र बुझाएको र क्याम्पस प्रसाशनले सुनुवनई नगरे चरणबद्ध बिरोध कार्यक्रम गर्न बाध्य हुने बर्णवालले प्रतिक्रिया दिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com