जनकपुर–जलेश्वर सडकखण्डको अवस्था जर्जर, दिनहुँ दुर्घटना, सरोकारवाला मौन

धिरेश दत्त, जनकपुरधाम, १६ साउन । जनकपुर–जलेश्वर सडकखण्डको अवस्था अझै पनि जर्जर नै रहेको छ । नेपालका सरकारका तत्कालीन मन्त्रीले सडक पुनर्निमाणका लागि शिलान्यास गरेको एक वर्ष बितिसक्दा पनि काम सुस्त गतिमा रहेको छ । जनकपुरबाट जलेश्वर भिट्ठामोडसम्म दिनहुँ सयकडौ गाडी गुड्ने गरेका छन् ।

तर, बाटोको अवस्था हेर्ने हो भने जस्ताको त्यस्तै रहेको छ । सडकको बिच बाटोमा ठुलठुल्ला खाल्डाखुल्डीहरु जस्ताको त्यस्तै रहेका छन् । त्यसमा पनि अहिले पानी पर्नाले खाल्डाखुल्डीहरुमा पानी भरिएका कारण दिनहुँ सडक दुर्घटना हुँदै आइरहेको छ ।

जलेश्वरमा कार्यरत एक कर्मचारीका अनुसार जनकपुरबाट जलेश्वर आवतजावत गर्न अहिले दिनहुँ दर्जनौ यात्रुहरु दुर्घटनामा पर्ने गरेका छन् । त्यस्तै एक यात्रुका अनुसार जनकपुरबाट सुरसण्ड लताकपडा किन्नका लागि जाँदै गर्दा बिगही पुलनिर मोटरसाईकलबाट उनको श्रीमती लडेर गम्भीर दुर्घटनाका शिकार बनेकी छन् । उनको टाउकोमा गम्भीर चोट लागेकाले जलेश्वर अस्पतालमा उपचार गराउन पुनः जनकपुर फर्केर आउनु परेको आफ्नो दुःखेसो पोखे ।

तर, सडक मरम्मतको कुरा गर्दा कमसेकम गिट्टी बालुवा खसालेर पनि खाल्डा खुल्डी पुर्ने काम भैरहेको छैन । जसले गर्दा सर्वसाधारण यात्रुहरु समस्या हुँदा पनि स्थानीय प्रशासन तथा सम्बन्धित निकाय मौन रहेको छ ।
बाटोघाटोको राम्रो व्यवस्था नहुँदा मिथिलाको ऐतिहासिक धरोहरको रुपमा जनकपुरधाम पर्यटकहरु आकर्षित हुन सकेका छैनन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com