राजपाको केन्द्रीय पदाधिकारी बैठकमा ‘राजधानी’ परिवर्तनको प्रस्ताव

काठमाडौं, १८ साउन । राष्ट्रिय जनता पार्टी नेपालको बुधबारदेखि सुरु भएको तीन दिवसीय केन्द्रीय पदाधिकारीहरुको बैठकमा संघीय (केन्द्रीय) राजधानी परिवर्तनको प्रस्ताव पेश भएको छ ।


सहमहासचिव रमन पाण्डेय

राजपा नेपालका सहमहासचिव रमन पाण्डेयले सो प्रस्ताव अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरलाई बुझाएका छन् । पाण्डेय २७ वर्षदेखि मधेशको राजनीतिमा सक्रिय छन् । उनले कहिल्यै पनि नेपाली भाषा नबोल्ने वाचा गरेका छन् । साथै उनले पहाड र मधेशलाई जोड्ने भाषाको रुपमा हिन्दीलाई नेपालीको समकक्ष भाषाको रुपमा प्रयोग हुनुपर्ने प्रस्तावमा उल्लेख गरेका छन् ।

वर्तमान राजधानी काठमाडौं भौगोलिक एवं भूकम्पीय दृष्टिकोणबाट अनुपयुक्त स्थल रहेको भन्दै काठमाडौंलाई पर्यटक केन्द्रकै रुपमा उपयुक्त हुने सहमहासचिव पाण्डेयले जिकिर गरेका छन् । नयाँ नेपाल बनाउनका लागि चितवन र नवपरासीको क्षेत्रमा नयाा केन्द्रीय राजधानी बनाउनपर्ने सुझाव उनले दिएका छन् ।

तीन करोड नेपाली जनताको पहुँच हुने सुगम क्षेत्रलाई राजधानी बनाउनुपर्ने भन्दै अन्य उपयुक्त साझा स्थान खोज गरी नयाँ राजधानी स्थापनाका लागि राजपा नेपालको केन्द्रीय पदाधिकारीहरुको बैठकमा पाण्डेयले ध्यानाकर्षण गराएका हुन् ।

सहमहासचिव रमन पाण्डेयको प्रस्ताव


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com