माओवादीहरू एक ठाउँमा आउनुपर्छ : उमेशकुमार यादव

पूर्वमन्त्री तथा नेता नेकपा माओवादी केन्द्र

० तपाईँहरूले केन्द्रीय समितिको संख्या घटाउने निर्णय गर्नुभयो । यसका साथै कार्यकारी राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुनुपर्छभन्ने एजेण्डालाई प्राथमिकता दिनुभएको छ । त्यसकारण नयाँ शक्ति एकताका लागि तपाईंहरूप्रतिसकारात्मक पनि देखिन्छ । यस विषयमापार्टीभित्र केही कुरा भएको छ ?
— सबैभन्दा पहिले माओवादी केन्द्रका सम्पूर्ण माओवादीका घटकहरू एकठाउँमा आएर एकीकृत भएर अगाडि बढ्नुपर्छ । त्यसरी जाँदा मात्र जनआन्दोलन, मधेश विद्रोहलगायतका उपलब्धि रक्षा र संस्थागत गरी अगाडि बढ्न सकिन्छ भन्ने हाम्रो पार्टीको मान्यता छ । यस अर्थमा माओवादी आन्दोलनबाट अलि टाढा पुग्नुभएका बाबुरामज्यू लगायत नयाँ शक्तिमा आबद्धहरूलाई पनि एकीकृत गर्नुपर्छ भन्ने माओवादी केन्द्रको मान्यता छ । बैद्य लगायत अन्य माओवादीका घटकहरू एकीकृतमा रहनुपर्छ पर्ने हाम्रो मायन्ता हो ।


० अब दुई चरणको चुनाव सकिएलगत्तै तपाईंहरूको पार्टीको अध्यक्षबाट पनि पटक—पटक अभिव्यक्ति आएको छ किमाओवादीसँग टाढा बसेका अन्य घटकहरू एक ठाउँमा आएर एकबद्धता गरौं। भनेपछि चुनावको परिणामले यो कुरा बोल्न बाध्य बनाएको हो माओवादीलाई ?
— दोस्रो संविधानसभाको निर्वाचन सँगसँगै एउटा के कुरा स्थापित भयो भने फुटेर जानेहरू पनि आफ्नो फुटको औचित्य साबित गर्न सकेनन् । अर्कोतर्फ हामी यो चुनावमा गयौं, तर हामी पनि जित्न सकेनौं । अर्थात हामी तत्कालीन एकीकृत नेकपा माओवादी पनि चुनावमा जित्न सकेनौं । अहिले दुइतिहाइ ल्याउछौँ भनेर चुनावमा गएका थियौं। तर, पहिलाको भन्दा पनि एक तिहाइमा झर्न बाध्य भयौं । अर्को कुरा उहाँहरूले बहिस्कार गर्छौ भनेर हिड्नुभएको थियो । त्यो कुरा पनि जनताले पत्याइदिएनन् । माओवादीहरू फुट्दा कसैलाई हित नगर्ने कुरा दोस्रो संविधान सभा चुनावले नै स्थापित गरिदिएको थियो । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनले त झन् यो कुरालाई पुष्टि मात्र गरेन जनताहरूले आदेश दिए तिमीहरू मिल । तिमीहरू कसैको भविष्य छैन तिमीहरू देश र जनताका लागि मिल्नै पर्छ । महान जनयुद्धबाट प्राप्त उपलब्धिहरूलाई रक्षा गर्ने, संस्थागत गर्ने र त्यसपछि अगाडि बढ्नका लागि सम्पूर्ण माओवादीहरू मिल भन्ने जनताको जनाआदेश पनि हो ।


० माओवादीले यसपालिको स्थानीय चुनावमा पनि तेस्रो स्थान हासिल गरेको छ। यस्तो अवस्थाको कारण टुटफुट नै हो कि एजेण्डाहरू बर्सिदा यस्तो भएको हो ?
— पार्टीले सम्प्रेषण गरेका कुरा यहाँहरूलाइै थाहा नै छ । दोस्रो संविधान सभाबाट संविधान बनाउने बेलामा हामीले फरक मतहरू राखेका थियौं। ती फरक मतहरूलाई जनताका बीचमा स्थापित गर्न अथवा सम्झाउन सकेनौं । सम्झाउन नसक्दा हाम्रा विपक्षीहरूले माओवादीविरूद्ध भ्रमहरू पनि छरे र षड्यन्त्र पनि गरे । एजेण्डाको कोणबाट हाम्रा विचारहरूलाई जनतासमक्ष पु¥याउनका लागि जसरी संगठन प्रक्रिया सक्रिय हुनुपथ्र्यो त्यो हाम्रो विभाजन, भद्दा संगठनले समस्याहरू देखा परे । हामीले यसकारण मर्जवादी प्रतिस्पर्धालाई हामीले त्यही कोणबाट परिचालन गर्न सकेनौं र त्यही कारणले पनि हाम्रो कमजोरीको पाटोमा रह्यो र अर्को हामीले सामूहिक ढंगले निर्णय गर्नेसहित थुप्रै कारणहरूले गर्दा माओवादी पार्टीले जसरी अपेक्षा गरेको थियो । त्यसरी रिजल्ट ल्याउन सकेन। तर पनि हामीले धेरै ठाउँमा थोरै मत अन्तरले दोस्रो ठाउँमा झर्न पुग्यौं ।


० विगतका कमिकमजोरी हटाउन के–के उपाय अपनाउँदै हुनुहुन्छ ?
— पहिला कुरा त जुन रोग लागेको छ त्यो रोगको कारणले हामी फुटिन बाध्य भयौँ । त्यही रोग नै मुख्य हो । कुनै पनि बस्तीको बिनाश र विकासका लागि आन्तरिक कार्य मुख्य हुन्छ र बाहिरी कार्य सहायक हुन्छ । हामी यो स्थितिमा आउनु आन्तरिक कारण नै प्रधान हो र बाहिरी कारण सहायक हो । त्यस कारण हाम्रो आन्तारिक कारण नै सुदृढ बनाउने आवश्यकता हो । त्यही क्रमबाट दुई अंकभन्दा बढीको केन्द्रीय समिति नबनाउने निर्णमा हामी पुग्यौं । केन्द्रीय समितिमा पुगेका एजेण्डाहरू नयाँ होइनन् । ती एजेण्डाहरूसहित पूर्णसमानुपातिक निर्वाचन प्रणालीलगायतमुद्दा थाँती राखेका थियौं। ती कुराहरूलाई फरक मत दर्ज गरेर संविधान सभा निर्माण प्रक्रियामा सहभागी भएका थियौं । अब संविधानमा फरक मतहरू केके छन् त्यसलाई राजनीतिक ऐजेण्डामा राखेका छौं । हामी कांग्रेस र एमाले भन्दा के मामलामा भिन्न छौ भन्ने कुरा तअनुहारले छुट्टिने होइन । हाम्रा एजेण्डाले छुट्टिने हो । जे एजेण्डा फरक मतसहित हामीले दर्ज गरेका छौं, ती फरक मतहरू जनताका बीचमा लैजाने र त्यसलाई जनताले अनुमोदित ग¥यो भने लागूगर्नुपर्छ। ०६२÷६३ को जनादेशलाई हामीले बिर्सेका छैनौ । त्यसलाई जनमतमार्फत क्रमिक ढंगले पूरा गर्दै जानेछौं।


० माओवादीले एजेण्डाहरू छाडे भनेर डा.बाबुरामसहितका नेताहरू तपाईंहरूबाट अलग भए । त्यति मात्र होइन तपाईंहरू नामका लागि मात्र परिवर्तनकारी हुनुहुन्छ भनेर आरोपसमेत लाग्यो । तर, अब एजेण्डा मिल्ने भएपछि छाडेर गएका तपाईंहरूका साथीहरू आउनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
— परिवर्तनकारी शक्ति त माओवादी नै हो । नयाँ शक्ति भनेको कुनै नयाँ शक्ति होइन, नयाँ विचार होइन । नेपालमा मात्र होइन विश्वकै राजनीतिक घटनाक्रम हेर्ने हो भने सबैभन्दा पछिल्लो चरणमा वैज्ञानिक विचारवाद भएको माओवाद नै हो । यो हिसाबले नयाँ विचार भनेको माओवाद नै हो । यसअर्थमा माओवादी रहुन्जेलसम्म माओवादीले माओवादलाई नछोडेसम्म जनताले हामीलाई पत्याइरहन्छ । यो बीचमा हाम्रा वैरीहरूले, विरोधीहरूले, प्रतिद्धन्दीहरूले माओवादीहरूले एजेण्डा छोड्यो कि भन्ने भ्रम फैलाइरहेका छन् । त्यो भ्रमहरूलाई जति जति चिर्न सक्छौं, त्यो भ्रमबाट भ्रमित भएका अग्रज व्यक्तिहरू एकीकरणको प्रक्रियामा आउनेछन् । त्यही क्रममा नयाँशक्तिका अग्रणी नेताहरू त्यो महान जनयुद्धको समयमा आफ्नो त्याग तपस्या र बलिदान सहित राजनीतिक आन्दोलनमा होमिएका थिए। हामीहरू ठीक एकै ठाउँमा आउछौँ । हाम्रो यो प्रक्रियाले उहाँहरूलाई पनि ऊर्जा थपेको छ ।


० पहिलो र दोस्रो चरणको चुनावको परिणाम तपाईंहरूले अपेक्षा गरेअनुसार आएन । यस्तो अवस्थामा माओवादी र नयाँ शक्तिबीच एकीकरणका लागि केही प्रयास भएको छ ?
— दुई नम्बर प्रदेशको स्थानीय निर्वाचनको सन्दर्भमा केही दिनमा प्रदेशस्तरीय बैठक हँुदैछ र स्वभाविक रूपमा दुई नम्बर प्रदेशमा पार्टीलाई कसरी सुदृढ पार्ने भन्ने कुरामा हामी गम्भीर छौं ।


० नेपालमा केही वर्षदेखि सरकार अस्थिर हुने गरेको छ । जसले गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने भन्ने कुरा तपाईहरूलाई महशुुस भएको हो ?यो कुरालाई कागजमा मात्र सीमित नराखी यसलाई ठोस रूपमा अगाडि बढ्नुहन्छ ?
— हाम्रा ऐजेण्डा पहिलादेखि नै ठोस हुन् । यस एजेण्डालाई कहिले पनि छाडेका थिएनौं । हामीले संविधानसभामा राखेका सम्पूर्ण एजेण्डाहरू समेटेको भए फरक मत राख्नु नै पर्दैन्थ्यो । ंतत्कालका लागि संविधान निर्माण गर्न थोरै मुद्दाहरू सहमति भए ती मुद्दाहरूलाई सहमतिका साथ अगाडि बढायौं बाँकी मुद्दाहरू थाती राखेका थियौं । ती सम्पूर्ण मुद्दाहरू जनताको बीचमा लैजान्छौं । यो हाम्रो स्थानीय तहको निर्वाचनमा कम मत आयो या बढी मत आयो भनेर उठाउने छोड्ने कुरा होइनन् । ती हाम्रा पार्टीभित्रका रणनीतिक ऐजेण्डाहरू हुन् । रणनीतिक एजेण्डा भएकाले यसलाई छोड्ने त कुरै भएन ।


० शासकीय स्वरूपको राष्ट्रपति प्रणाली किन आवश्यक छ ? यसका सकारात्मक पक्षहरू केके होलान् ?
— एउटा सरकार अस्थिर हुनु, अहिलेका जुन राष्ट्रपति छन् उसैलाई कार्यकारी प्रमुख बनाइनुपर्दछ, उसैमा अधिकार केन्द्रीत हुनुपर्दछ र अहिलेको जो भुपरीवेष्ठित स्थिति छ । यस बीचको अन्तरविरोध छन् ति सबै कारणले गर्दा यहाँ कार्यकारी प्रमुख जनताबाट निर्वाचित हुनु पर्दछ । कुनै संसदीय व्यवस्थाले जनतालाई हित गर्दैन ।


(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २०७४ साल साउन २० गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com