रोशन जनकपुरी र परमेश्वर कापडी पुरस्कृत

जनकपुरधाम, २२ साउन । मैथिली विकास कोषद्वारा मैथिली भाषाका श्रष्टाद्वय रोशन जनकपुरी र परमेश्वर कापडी पुरस्कृत भएका छन् । नेपाल नाट्य तथा संगीत प्रज्ञा–प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ ‘सरूभक्त’ ले जनकपुरी र कापडीलाई क्रमशः डा धीरेन्द्र साहित्य पुरस्कार र सलहेस संस्कृति पुरस्कार २०७३ प्रदान गरेका छन् ।

कोषद्वारा बर्सेनि दिइने सो पुरस्कारमा जनही रु ५१ हजार नगद र कदरपत्र रहेको छ । साहित्यकार रामभरोस कापडीले मैथिली भाषाका, सर्जक, अभियन्तामा यसको विकासप्रति सजग भावको कमीले भाषाको विकासको अवस्था सन्तोषजनक नरहेको प्रसंग उल्लेख गरे ।

पुरस्कृत स्रष्टा जनकपुरी र कापडीले भाषाको निजत्व समाप्त हुँदै गएकाले यसको रक्षाका लागि सबै अग्रसर हुनु जरूरी भएको धारणा राखे ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com