भारतीय विदेशमन्त्री स्वराज र राजपा नेताहरुबीच भेटवार्ता

काठमाडौं, २६ साउन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलीय नेताहरूले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् ।

सोल्टी होटेलमा राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, अध्यक्षमण्डलका सदस्यहरू राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत्सिंह भण्डारी, राजकिशोर यादव र अनिल झाले विदेशमन्त्री स्वराजसँग बिहीबार साँझ भेटवार्ता गरेका छन् ।

सो भेटवार्तामा भारतीय विदेशमन्त्री स्वराजले ६ मधेशकेन्द्रित दलहरुबीच एकीकरण भई राजपा नेपालको गठन गरेको भन्दै बधाई समेत दिएको स्रोतले जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com