मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु

रुपन्देही, २६ साउन । मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहास्थित सिद्धार्थ राजमार्गमा लु.१० प ४७७३ नम्बरको मोटरसाइकलले पैदलयात्री नवलपरासी सुनवल नगरपालिका–७ अस्नैया बस्ने ७० बर्षीया साबित्रा ज्ञवालीलाई ठक्कर दिएको थियो । बिहीबार ठक्करबाट गम्भीर घाईते भएकीले लुम्बिनी अञ्चल अस्पताल बुटवल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com