फरार अभियुक्त पक्राउ

मोरङ, २६ साउन । कुटपिटमा संलग्न फरार रहेका मोरङ बिराटनगर उपमहानगरपालिका दरैया बस्ने ५२ बर्षीय नारायण अधिकारीलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको छ । सम्मानित मोरङ जिल्ला अदालतबाट मिति २०६४ असार २४ गते कुटपिट मुद्दामा २ सय ५० रुपैयाँ जरिवाना तोकिएकोमा उनी फरार रहेका थिए । यसैगरी सम्मानित मोरङ जिल्ला अदालतबाट २०६९ मंसिर २ गते चोरी मुद्धामा ९ हजार ५ सय ५० रुपैयाँ जरिवाना तोकिएकोमा फरार रहेका मोरङ बिराटनगर उपमहानगरपालिका बस्ने २४ बर्षीय बिजय आलेलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com