हज यात्रीहरुलाई बिदाई

परासी, २६ साउन । नवलपरासीका हज यात्रीहरुलाई बिहीबार हारमाला लगाई बिदाई गरिएको छ । जिल्लाको विभिन्न क्षेत्रका ३२ जना हज यात्रीहरुलाई मुस्लिम समुदायहरुले शुभकामना दिदै बिदाई गरेका हुन् ।

फैजाने अहले बैत कमेटी परासीले आयोजना गरेको हाजी बिदायी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले ति हज यात्रीहरुलाई फुलमाला लगाई बिदाई गरेका हुन् ।

साउदी अरबको मक्का मदिनामा हजका लागि यसवर्ष जिल्लाबाट महिला पुरुष गरि ३३ जनाले फारम भरेका थिए जसमध्ये ३२ जना हज कोटामा परेका छन् । मुस्लिम समुदायको दोश्रो महानपर्व बकरईदको अवसर पारेर साउदी अरबको मक्का मदीना पुगी हज गर्ने गरिन्छ ।

जिल्लाका हज यात्रीहरु हजका लागि शुक्रबार काठमाडांै प्रस्थान गर्दैछन् । केन्द्रीय हज कमेटीले हजयात्रीहरुका लागि काठमाडांैको बसाई खाना, टिकट, भिजा, हज खोप र साउदी अरबको बसाई, यात्रा समेत कमेटीले व्यहोर्ने गरि प्रत्येक हाजीबाट १ लाख ८३ हजार रुपियाँ लिइएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com