विदेश पठाई दिने भनि एजेण्टद्वारा लाखौं ठगी

चन्दन कुमार यादव, राजविराज, २७ साउन । बैदेशिक रोजगारमा पठाई दिने सप्तरीका सात जनाबाट एजेण्टले आठ लाख ठगि गरेको छ । सूचना तथा परामार्श केन्द्रमा ठगिमा परेका परिवारजनले आफूहरुसँग विदेश पठाइ दिने भनि डाढा–५का जिबरील मियाँले ठगि गरेको बकधुवा ४ का मो. अबुलले बताए ।

एजेण्ट जिवरिलले सप्तरीका कञ्चनरुप –१३ का ३ जनावाट ४ लाख १५ हजार , बकधुवाका ५ जनाबाट २ लाख ५० हजार र सोही ठाउँका १ जनाबाट ५० हजार रकम लिएको उनीहरुले जानकारी गराए ।

डाढा गाविस–५ बस्ने मो. इलियासले सोही गाउँका तफेजुल मियाका छोरा अजेजुल मियालाई कतार उडाई दिने भनेर १५ दिन देखि काठमाडौं लगेर एक लजमा राखी इलियास सम्पर्कविहीन छन् ।

यता छोरा काठमाडौ सचिव विसमिला होटलमा राखेर इलियास भागेको र छोराले होटलको रकम तिर्न नसकि होटलमै बन्धक बनाएर राखेको छ । खाएको रकम नतिरिकन जान नदिने अजेजुलले फोन मार्फत बताए । अजेजुलले ऐजेण्ट इलियासलाई कतार पठाइदिने भनी १ लाख १५ हजार तिरेका थिए ।

यसैगरी कंचनरुप १३ का फुल मो. सँग १ लाख २२ हजार मो. बासिम सँग १ लाख ३५ हजार, मो. आबुद १ लाख ३० हजार त्यस्तै बकधुवा ४ का मो. अवुलले पासपोष्ट सहित ५५ हजार मो. मुजेवुल , मो. हजरत, मो. इजराइल , मो. अकवर र महुली ५ का मो. सविकबाट जनही ५० देखि ६० हजार लिएको तर विदेश पठाएन ।

उनीहरुले ४ महिना अगाडी नै राहदानी रकम दिएको तर कसैको भिसा पनि नआएको श्रम नभएको उनीहरुले बताए । यता ठगीमा परेका सकिवले पासपोट नदिएको तर आफनो भिषा ल्याई दिने भनि तत्काल काजत पत्र मिलाउन ४० हजार आयमी गरेर पठायो तर अहिले फोन गर्दा सम्पर्कमा नआउने भनि सूचना तथा परामर्श केन्द्रमा आफु उजुरी दिन आएको बताए ।

पिडितहरुले ठगने एजेण्टहरुलाई वैदेशिक रोजगार ऐन बमोजिम कारबाही गरी क्षतिपूर्ति दिन सम्बन्धित निकाय सँग आग्रह गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com