नयाँ शक्तिका सहसंयोजक रामचन्द्र झा पुरानै घर फर्कदै

काठमाडौं, २७ साउन । पार्टी छोडेको पाँच वर्षपछि नयाँ शक्ति नेपालका नेता रामचन्द्र झा एमाले प्रवेश गर्ने तयारी थालेका छन् । उनी २०६९ जेठमा एमाले छोडेर माओवादी प्रवेश गरेका थिए । बाबुराम भट्टराईसँगै माओवादीबाट अलग भएपछि उनी नयाँ शक्तिमा थिए । तर उनले नयाँ शक्ति छोड्ने निश्चित भएको छ ।

नयाँ शक्ति छाडे पछि उनी पुरानै पार्टी एमाले फर्कनका लागि छलफलमा छन् । यो विषयमा एमालेका विभिन्न स्तरका नेताहरूसँग छलफल गरिरहेका छन् ।

नेता झाले पनि एमाले नेताहरूसँग विभिन्न पटक अनौपचारिक छलफल भएको स्वीकार गरे । तर अहिलेसम्म कुनै निष्कर्षमा पुग्न नसकिएको उनको भनाइ छ । आफूले उठाएको मुद्दामा एमाले उदार भए आफू एमाले फर्कन तयार रहेको उनले बताए ।

एमालेमा हुँदा झा मधेशबाट प्रतिनिधित्व गर्ने सबैभन्दा प्रभावशाली र वरिष्ठ नेता थिए । मधेशमा राम्रो प्रभाव र छवि भएका कारण झा पार्टीमा फर्किए प्रदेश सभा निर्वाचन लड्न सहज हुने एमाले नेताहरूको बुझाइ छ ।

दोस्रो संविधान सभाको निर्वाचनअघि मधेशका मुद्दामा एमाले अनुदार बन्दै गएको आरोप लगाउँदै झासहित एमालेका केही नेताहरूले पार्टी छोडेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com