रौतहट घटना : मानवीय संवेदना हराएको क्षण

समाचार टिप्पणी/मधेशवाणी डेस्क, २७ साउन । घटना १ः काठमाडौं मनमैजुस्थित युरिका हाइस्कुलको कक्षा ३ मा अध्ययनरत १० वर्षीया विनिता फुयाँल विद्यालयबाट नेपालटारस्थित घर जाँदा पानीले नहरजस्तै बनेको सडकको भेलले बगायो । भेलले चमती खोलामा पु¥याएपछि आफ्न्त र प्रहरीले उनको उद्धार गरे । उपचारका लागि त्रिवि, शिक्षण अस्पताल, पुराइएकी उनको मृत्यु भयो ।

घटना २ः


काठमाडौंकै वृहस्पति विद्या सदन, नक्सालमा पढ्ने १३ वर्षीया सत्या सापकोटा गाडीबाट सामखुसी चोकमा ओर्लिन् । सडक जलमग्न देखेपछि अतालिँदै उनी रानीबारीमा रहेको घर तिर जाने भित्री सडकतर्फ लागिन् । नाली थियो बीचमा । पानी उर्लेर बगिरहेको थियो । सत्या त्यहीं नालीमा खसिन् । भेलले उनलाई ह्युम पाइपभित्र पु¥यो । धन्न वारिपारिका मान्छेले देखे र उनको उद्धार भयो ।

घटना ३ः
रौतहटको गरूडामा सडक निर्माणका बेला खनिएको खाल्डोमा चार बालिकाको मृत्यु भयो । खाल्डोमा जमेको पानीमा गर्मी छल्न खेलिरहेका ती बालिकाहरूको ज्यान गएको हो ।

माथि उल्लेखित घटनामा नयाँपन केही छैन् र यी नयाँ घट्ना पनि होइन । मुलुककै राजधानी सहर काठमाडौंका सडकमा यस्ता घट्ना बारम्बार भइरहन्छन् भने काठमाडौं बाहिर यस्ता घटना हुनुलाई सामान्य नै मान्नु पर्छ । यद्यपी यस्ता धेरै घटना बाहिर आउँदैन । थोरैमात्र समाचारका विषय बन्छन् । माथिका पहिलो दुई घटना काठमाडौंमा घटित भएको हो र त्यसले सामाजिक सञ्चालका साथै समाचारकोे मुख्य अंश पनि बन्यो । घटना भए देखि नै अनलाइन, पत्रिका, रेडियो र टिभीहरूमा भएको प्रस्तुतीले एउटा भयावह अवस्थाको चित्रण गरेको पाइयो तर त्यस्तै प्रकारको घटना रौटहटमा हुँदा न त सामाजिक सञ्चालको नजर प¥यो न त काठमाडौंका लागि समाचारको विषय बन्यो । किनभने रौतहट काठमाडौंमा होइन । रौतहटमा एक्कै ठाउँमा चार अबोध बालिकाले ज्यान गुमाउँदा मानवीय संवेदना हराएको र खासै केही नभएको जस्तो प्रतीत भयो ।

निश्चित रूपमा काठमाडांैको घटनालाई प्रमुखताका साथ उठाउनु पर्छ तर यसको अर्थ यो होइन कि काठमाडौंबाहिरको घटना समाचारै, घटनै होइन । तर रौतहटका घटनामा जसरी सञ्चार माध्यमद्वारा विभेद गरियो र काठमाडौंबासीले रौतहटको संवेदनालाई बुझ्न सकेन यसले काठमाडांैको मनोविकृतिलाई उजागर गरेको छ । सामाजिक सञ्जालमा सत्याको भिडियो भाइरल भएपछि सामाजिक सञ्जालकै एउटा समूह एमआरआर ग्रुपले प्रर्दशन पनि ग¥यो तर रौतहट घटनाका विषयमा सबै मौन ।

रौतहटको घटना
गत असार महिनामा दुर्गा निर्माण सेवाले गरूडा ४ स्थित सडक निर्माणको क्रममा उक्त खाल्डो खनेको थियो  ।
ठेकेदारको लापरबाहीका कारण करिब १० फिट गहिरो उक्त खाल्डोमा घाँस लिएर आईरहेका गरूडा ४ बालिकाहरू डुवेर मृत्यु भएको हो ।

यो घटना त्यहाँ पहिलो पनि होइन । पछिल्ला दुई महिनामा मात्रै रौतहटमा त्यस्तै खाल्डाको पानीमा डुबेर अन्य सात जनाको मृत्यु भएको छ । सडक निर्माणको जिम्मा लिएका निकाय तथा व्यक्तिको चरम लापरबाहीकै कारण यस्तो दुर्घटना निम्तिएको हो । बालबालिका पटक–पटक डुब्ने गरे पनि गहिरा खाल्डा पुर्न सम्बन्धित निकाय र व्यक्तिबाट तदारूकता नदेखाउनु गैरजिम्मेवारीपनको पराकाष्टा हो । र, यो निन्दनीय मात्र होइन, अक्षम्य पनि छ ।

गरूडामा मुख्य गल्ती ठेकेदारकै देखिन्छ । निर्माण कार्यका यस्ता लापरबाही अन्त्य गराउन स्थानीय समुदायको दबाब पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

रौतहटमा सडक बनाउने बेला गहिरा खाल्डालाई जतिसक्दो छिटो पुर्नुपर्छ नै, सडक विभाग र ठेकेदारको हेलचेक्रयाइँले नपुरिएका खाल्डाको पानीमा डुबेर ज्यान गुमाएका बालिकाका परिवारलाई यथोचित राहत पनि उपलब्ध गराउनुपर्छ । सडक निर्माणका क्रममा त्यस्तै लापरबाही अन्य जिल्लामा पनि गरिएको हुन सक्छ । रौतहटको गरूडाको घटनाबाट अरू जिल्लाका सम्बन्धित निकायरव्यक्तिको समेत आँखा खुल्नुपर्छ । राजधानीको जलमग्न सडकमा यस्तै प्रकृतिका घटना हेर्ने राज्यले रौतहटसँग किन न्याय गर्न सकेको छैन । यसका लागि बोल्ने कोही भएन । मधेशका लागि राजनीति गर्ने र मधेशको वकालत गर्ने कथित बुद्धिजीविहरूको बोलीमा किन लगाम लागेको रहस्यमय छ । प्रधानमन्त्रीले राजधानीका सडकमा खाल्डाखुल्डी पुर्न निर्देशन दिँदा पनि रौतहटलाई बिर्सेको भनि सम्झाइ दिने को ?

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com