राजपा चुनावमा जान तयार, संविधान संशोधन विधेयक मतदानमा लैजाने सहमति

काठमाडौं, २७ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) तथा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच संविधान संशोधन प्रस्ताव संसदमा निणयार्थ अघि बढाउने सहमति भएको छ । सत्तारुढ दलहरू र राजपाबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संशोधन प्रस्तावलाई मतदानमा लैजान सहमति भएको हो ।
यससँगै राजपा प्रदेश २ मा आगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय चुनावमा सहभागी हुने भएको छ । यसअघि राजपाले पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन बहिष्कार गरेको थियो ।
सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार आगामी साता संशोधन विधेयकमाथि संसदमा मतदान हुने बताइएको छ ।

‘संशोधनलाई संसदमा अघि बढाउने सहमति भएको छ’, बैठकपछि पत्रकारहरुसँग बोल्दै कांग्रेस नेता रामचन्द्र पौडेलले बताए । उनले अब राजपालाई निर्वाचनमा सहभागी हुने बाटो खुलेको पनि बताए ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com