रामचन्द्र झा र रामकुमार शर्मा माओवादी केन्द्रमा फर्किए

काठमाडौं, २७ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी परित्याग गरेका रामचन्द्र झा र रामकुमार शर्मा नेकपा माओवादी केन्द्रमै फर्किएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि उनीहरूले माओवादी केन्द्र फर्केर क्रियाशील रहने प्रतिवद्धता जनाएका हुन् ।

बिहीबार माओवादी केन्द्रका अध्यक्षको निवास लाजिम्पाटमा भएको छलफल पछि शुक्रबार झा र शर्मालाई माओवादी केन्द्रमा स्वागत गरिएको हो ।

छलफलमा नेता मातृका यादव, रामचन्द्र झा, रामकुमार शर्मा र श्रवण यादवले मधेशमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरू एकतावद्ध भएर अघि बढ्ने समेत संकल्प समेत गरेका थिए ।

एमाले हुँदै तत्कालीन एमाओवादीमा प्रवेश गरेका रामचन्द्र झा पछि बाबुराम भट्टराईसँगै नयाँ शक्ति पार्टीमा लागेका थिए ।

नयाँ शक्ति पार्टीले स्पस्ट कार्यदिशा ल्याउन नसकेको, पार्टी व्यक्ति केन्द्रीत भएको भन्दै केही समय अगाडिदेखि झाले असन्तुष्टि जनाउँदै आएका थिए ।

केही समय अगाडि झा एमालेमा प्रवेश गर्ने हल्ला चले पनि उनले एमाले मधेशका पक्षमा नरहेको भन्दै पुनः माओवादी केन्द्रमै फर्किएका हुन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com