संशोधन विधेयक पारित हुन्छ : अध्यक्ष यादव

काठमाडौं, २७ साउन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलीय सदस्य महेन्द्र राय यादवले संविधान संशोधन प्रस्ताव पारित हुने ठोकुवा गरेका छन । यादवले एमाले लगायतका असन्तुष्ट देखिएका दलहरू पनि प्रस्तावको पक्षमा आउने दाबी समेत गरे ।

रिपोर्टर्स क्लबमा शुक्रबार आयोजित एक कार्यक्रममा एमालेले बाहिर जे धारणा सार्वजनिक गरे पनि भित्र सहमतिको पक्षमा आइसकेको उनको दाबी छ । संशोधन प्रस्ताव सहमतिको दस्तावेज भएकाले आफूहरू पनि लचिलो बनेको नेता यादवले बताए ।

देशको हितका लागि लचिलो भएर जानुको विकल्प नभएको यादवको भनाई थियो । कसैले पनि मेरो गोरूको बा¥है टिक्का गर्न नहुने भन्दै सहमतिबाट बढ्नुको विकल्प नभएको उनको भनाइ छ ।

सरकारले तीन बुँदे सम्झौतालाई कार्यान्वयन गर्ने भन्दै आएकोमा सर्वोच्च अदालतले पछिल्लो समय गरेको निर्णयले सहमतिको नयाँ ढोका खोलेको बताउँदै उनले सर्वोच्चको निर्णयले चुनावमा जाने वातावरण बनेको स्पष्ट पारे ।

वाणिज्यमन्त्री मीन विश्वकर्माले अबको संसद बैठकमा संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश भई पारित हुने दाबी गरे । प्रस्तावको पक्षमा आवश्यक मत पुग्ने बताउँदै मन्त्री विश्वकर्माले आइतबारको संसद बैठकमा संशोधन प्रस्ताव प्रक्रियामा लगी निर्णयार्थ पेश हुने जानकारी दिए ।

प्रस्तावको पक्षमा प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि आउने दाबी गर्दै उनले त्यसबारे आन्तरिक छलफल भइरहेको खुलासा समेत गरे । एमालेका सामु प्रस्तावको पक्षमा जानुको विकल्प नभएको मन्त्री विश्वकर्माको भनाई थियो ।

यस्तै, नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुननसक्ने ठोकुवा गरे । ज्ञवालीले नेकपा एमालेसँग परामर्श विना सरकारले संविधान संशोधनको मस्यौदा बनाएको भन्दै राजनीतिक दाउपेचको विषय बनाएकाले आफूहरू पक्षमा जान नसक्ने बताए ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com