राजपा चुनावमा आउने वातावरण बनिरहँदा एमालेले अड्को थाप्नु हुँदैन : पूर्वकानूनमन्त्री नायक

काठमाडौं, २७ साउन । माओवादी केन्द्रका नेता तथा पूर्व कानुनमन्त्री अजयशंकर नायकले राष्ट्रिय जनता पार्टी नेपाल चुनावमा आउने वातावरण बनेको बेला प्रमुख प्रतिपक्षी नेकपा एमालेले अड्को थाप्न नहुने बताएका छन् ।

उनले चुनाव कसैले जस लिने र अपजस लिने विषय नभएकाले स्वार्थको विषय बनाउन नहुने बताए । संविधान संशोधनको विषयमा एमालेले भित्र एउटा गर्ने र बाहिर अर्को बोल्ने गर्दै आएको आरोप लगाए ।

नेकपा एमालेलाई राष्ट्रिय सहमतिको बाधक बनेको आरोप लगाउँदै देश र जनताको हितका लागि जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरे । प्रमुख प्रतिपक्षीले आफ्नो भूमिका सही ढंगले ननिभाएकाले संकट समाधानमा ढिलाई भइरहेको बताए ।

साथै उनले संविधान संशोधन प्रस्ताव पारित हुने बताए । उनले भने,‘राष्ट्रिय सहमति बनाएर प्रस्ताव पारित गर्ने प्रयास भइरहेको छ,‘राष्ट्रिय सहमति गरेर संशोधन प्रस्ताव पारित गर्नुपर्छ ।’

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com