काठमाडौं–तराई/मधेश द्रूतमार्ग आयोजना नेपाली सेनालाई हस्तान्तरण

काठमाडौं, २८ साउन । राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त काठमाण्डौं–तराई÷मधेश दु्रतमार्ग सडक आयोजना नेपाली सेनालाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण सम्पन्न गर्न भनि नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७४/०१/२१ गतेको निर्णय बमोजिम शुक्रबार जंगी अड्डामा आयोजित एक संक्षिप्त कार्यक्रममा नेपाली सेनाका तर्फबाट इन्जिनियरिङ विभाग तथा आयोजना प्रमुख प्रा.उ.र. योगेन्द्र बहादुर खाँण र सडक विभाग मातहत तत्कालिन आयोजना प्रमुख सत्येन्द्र शाक्य विच बुझबुझारथ भई काठमाण्डौं–तराई÷मधेश दु्रतमार्ग सडक आयोजना नेपाली सेनालाई हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

उक्त आयोजना हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह सचिव सरोज प्रधान तथा नेपाली सेनाका तर्पmबाट आयोजनामा खट्टिएका अन्य रथीबृन्द एवं अधिकृतहरुको उपस्थिति रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com