बिमस्टेक प्रतिनिधिद्वारा चन्द्रागिरी भ्रमण

काठमांडौ, २८ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागी हुन काठमाडौं आएका विशिष्ट व्यक्तिहरुको समूहले शुक्रबार रिट्रीटको सिलशिलामा चन्द्रागिरी केबलकारको भ्रमण गरेका छन् ।

अनौपचारिक भ्रमणको क्रममा रहेको समुहलाई चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा संचालकहरु हेमराज ढकाल, अम्बिका प्रसाद पौडेल, नवराज नेपाल र कल्याण गुरुङ्गले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

अनौपचारिक भ्रमण समूहलाई नेपालका उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कृष्ण बहादुर महरा, भुट्नीज विदेश मन्त्री दाम्चो दोर्जी र म्यानमारका विदेश राज्यमन्त्री च्वेँ टेँले नेतृत्व गरेका थिए ।

भ्रमणमा सहभागी भुटान र म्यानमारका मन्त्रीहरुले चन्द्रागिरी आइपुग्दा संसारकै उच्च स्थानमा आइपुगेको अनुभव गरेको प्रतिक्रिया दिदै आगामी दिनमा सपरिवार भ्रमण गर्ने इच्छा रहेको बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com