घुसको रकमसहित सबइन्जिनियर सिंह पक्राउ

राकेश यादव, रौतहट, २८ साउन । जिल्ला शिक्षा कार्यालय रौतहटका सबइन्जिनियर ललन कुमार सिंहलाई ३५ हजार घुसको रकमसहित अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयको टोलीले सदरमुकाम गौरबाट पक्राउ गरेको छ ।

माध्यमिक विद्यालय माधोपुरको भवन निर्माणको तेस्रो निकासाका लागि घुस माग गरिरहेको गोप्य सूचनाको अधारमा आयोगको क्षेत्रीय कार्यालय हेटौडाबाट आएको प्रहरी नायव उपरीक्षक महेन्द्र खडका नेतृत्वको टोली सिंहलाई गौरस्थित बीपी चौकमा रहेको चिया पसलवाट घुसको ३५ हजार रकमसहित पक्राउ गरेको हो ।

माधोपुरका पूर्वप्रधानाध्यापक राम उद्दार यादवसँग सबइन्जिनियर सिंहले घुस माग गरेका थिए । समाचार स्रोतका अनुसार सिंह जिल्ला शिक्षा कार्यालयमा रकम निकासा गराए वापतमा १० देखि २० प्रतिशतसम्म कमिशन लिने गरेको थियो ।

घुससहित पक्राउ परेका सिंहलाई अनुसन्धानका लागि आयोगको टोली नियन्त्रणमा राखेका छन् । रौतहटमा घुस रकमसहित पक्राउ परेको यो दोस्रो घटना हो । यसअघि तत्कालीन स्थानीय विकास अधिकारी बसन्त भण्डारी रंगेहात पक्राउ परेका थिए ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com