चार वटा चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ

राकेश यादव, रौतहट, २८ साउन । रौतहट जिल्लाको माधवनारायण गाउँपालिकाबाट रौतहट प्रहरीले ४ वटा चोरीको मोटरसाइकलसहित तीन जना चोरलाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेहरुमा स्थानीय वडा नं.७ बस्ने दिपेन्द्र यादव, गरुडा न.पा.वडा नं.९ बस्ने शम्भु राय यादव र भारत सितामढी रामनगर–९ बथनाह बस्ने राजिब कुमार राय रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका तिनै जनाले नेपाल र भारतका बिभिन्न स्थानबाट मोटर साईकलहरु चोरी गरी बिक्री गर्ने कार्य गर्दै आएको भन्ने विशेष सूचनाको आधारमा गएको प्रहरी अधिकृतको टोलीले दिपेन्द्र यादबलाई चोरीको नम्बर प्लेट नभएको कालो सुजुकी मोटर साईकल थान–१ र बिआर ३० एम ३९०५ नं.को कालो होण्डासाईन मोटर साईकल थान–१ सहित थान २ घर पछाडी लुकाई राखेको अबस्थामा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारीले बताएका छन् ।

शम्भु राय यादकले बिआर ३० एम ९३४३ नं.को कालो निलो ग्यालेमर चोरीका मोटर साईकल र राजिब कुमार रायले नम्बर नभएको रातो कालो १५० सिसि प्लसर चोरीका मोटर साईकल सहित पक्राउ परेकोले उल्लेखित ३ जना र चोरीका ४ थान मो.सा.सहित सम्मानित जिल्ला अदालत रौतहटमा पेश गरी दिन ५ म्याद थप अनुमति लिई जि.प्र.का.रौतहटको हिरासतमा राखी अन्य थप अनुसन्धान कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक भण्डारी ले जानकारी गराएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com