जलेश्वरनाथ एफएमका सञ्चालक चौधरीको निधन

जलेश्वर, २८ साउन । जलेश्वरनाथ एफएम रेडियोका सञ्चालक वृजकिशोर (विजयकुमार) चौधरीको निधन भएको छ । लामो समयदेखि मधुमेह, निमोनियाँ र उच्च रक्तचापबाट पीडित चौधरीको ६२ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

चौधरीले वि.सं. २०६५ मा जलेश्वरमा ‘जलेश्वरनाथ एफएम रेडियो’ स्थापना गरेका थिए । जलेश्वरनाथ रेडियो सञ्चालक बोर्डका अध्यक्ष चौधरीको निधनमा नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डल, नेपाल प्रेस युनियनका नागेन्द्रकुमार कर्ण, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष धीरेन्द्र राय र प्रेस सेन्टर नेपाल महोत्तरीका अध्यक्ष सुनिता बरालले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com